मेघराज भट्टराई ##
Advertisement
आफ्नो घरको रुखोसुखो खाएर बाँच्न सिक ।
छाती चौडा बनाएर आफ्नो देशमा बाँच्न सिक ।१।
परिश्रम नगरी एक छाक खान पाउँदैन संसारमा ।
पैसा फल्ने रुख छैन भन्ने कुरा समयमै सिक ।२।
स्वाभिमान र स्वतन्त्रता के हो ? गुलाम भएकालाई सोध।
झुपडीनै होला यहाँ आफ्नो मालिक बन्न सिक ।३।
होलान विेशमा चिल्ला गाडी, ठुला महल, फोन ।
आफ्नो कमाइ हेरेर खर्च गरी अघि बढ्न सिक ।४।
देखासिकी नक्कलले हामीलाई बर्बादीतिर लग्यो र
हामी नेपाली हौँ नेपाली भएरै अघि बढ्न सिक ।५।