• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङको निसीखोलामा पुतली नाचको रौनक


  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ ।

    Advertisement

    बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यस नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ । विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।

    भल्कोट गाउँबाहेक अन्य कुनै पनि ठाउँमा यो नाच नाचेको पाइँदैन । बाइसेचौबीसे राज्यका सञ्चालनका समयमा राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नाच्न थालेका बूढाकापा बताउँछन् । स्थानीय नैनासिंह बुढामगरले माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने र ३ गते नाचिने बताउनुभयो ।

    अघिल्लो दिन राजा, रानी र धाइमा गरी तीनवटा कपडाको पुतली बनाउने र बालक, युवा र वृद्धहरू पुतलीको पहिरन पहिरिएर बाजाको तालमा नाच्ने उहाँको भनाइ छ । पुतली नाच धेरै वर्ष पुरानो भए पनि अहिलेसम्म गाउँमा कुनै पनि दस्तावेज नभेटिएको बुढामगरले बताउनुभयो । यो नाच भल्कोट गाउँमाथिको जौँ बारीमा नाच्दै पुग्ने र उक्त ठाउँमा बन्दुक पड्काउने, पुलतीलाई डोलामा डुलाउने, नाच्ने र साँझ परेपछि निसीखोलामा पुर्याएर विर्सजन गर्ने उहाँको भनाइ छ ।

    “पुतली नाच धेरै वर्ष पुरानो हो, हामीनै बुढो भइयो, सानो हुँदादेखि नै नाच्दै आएको, हाम्रो अग्रज पुर्खाहरूले जोगाउँदै आएको संस्कृतिलाई हामीले पनि बचाउँदै आयौँ”, बुढामगरले भन्नुभयो, “यसको लामो कहानी छ, सयौँ वर्ष अगाडि धेरै राज्य थिए, त्यसमध्ये भल्कोटमा पनि एउटा राज्य सञ्चालन भएको भन्ने बूढापाकाले भन्ने गर्थे, उनीहरूले जे सिकाए हामीले पनि त्यही सिक्यौँ र अहिलेका युवालाई पनि त्यही नै सिकाइरहेका छौँ ।”

    माघ ३ गते बिहानदेखि साँझसम्म पुतलीजस्तै बनेका व्यक्ति नाच्छन् । उनीहरूले सनदारमा फेटा, शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरु दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देखाउने गरिन्छ । दिनैभरि पुतलीजस्तै बनेर नाच्ने व्यक्तिको बीचमा कापै खेल्ने १०–१२ युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन् ।

    पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् । उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरूले भालु भन्छन् । कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्दिने गर्छन् भने बेलाबेलामा उत्तानो पारेर देखाइदिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् ।

    देख्दा अवास्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको चलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर।।। लगायत सुन्न पनि अत्यन्तै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ८२ वर्षीया भागी घर्तीमगरले बताउनुभयो ।

    घर्तीमगरले भन्नुभयो, “यो मेला त धेरै अचम्मको छ, पुतली नाच्दाको दिन त मुखमा आएको सबै बोल्छन्, खरानी छर्छन्, यसरी मनमर्जी बोल्दा र भालुको पित्त देखाउँदा देवता खुसी हुन्छन् भन्ने मान्यता छ, पहिलापहिलाको तुलनामा त अहिले केही कम भएको छ, मान्छे शिक्षित भए, लजाउन थाले, त्यही भएर पनि विस्तारै कम हुँदै गएको छ ।”

    पुतली नाचसँगै पट्टा नाचसमेत नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् ।

    अध्यक्ष्य घर्तीमगरले देशभरमा यस्ता मौलिक संस्कृति कमै भटिने हुँदा संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर स्थानीयलाई प्रेरित गरिरहेको बताउनुभयो । बालकदेखि युवाले सबैले नाच्नका लागि रुचि देखाउने हुँदा संरक्षणका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । एक दशक अगाडिसम्म भल्कोट क्षेत्रमा मात्र सीमित रहेको यो नाचको पछिल्लो समय प्रचारप्रसार हुँदा हेर्न आउनेको आकर्षण बढेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.