कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको चौथो भेला सम्पन्न भएको छ । भेला माघ ३ गते सम्पन्न भएको हो ।
रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मान बहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुस्मिता विकको अध्यक्षतामा २३ सदस्यीय रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति चयन गरेको छ ।
जसमाः उपाध्यक्ष– राजु विक, सचिव– बिहान अदै, कोषाध्यक्ष– सुहानी जैसी, सहसचिव– पूजा पोख्रेल रहेका छन् । त्यस्तै सदस्यहरूमाः सरद भण्डारी, प्रिन्स अदै, जेसिका भण्डारी, कसक घर्ति मगर, शुभम विक, ललित अदै, रिजन सुनार, भावना पोख्रेल, सुजता विक, अस्मिता बुढा, वैकल्पिक सदस्यमाः इशु जैसी र विभिशा पुन रहेका छन् ।
भेलाले बेगम बुढा, ईश्वरा जैसी, सावित्री परिवार, शुसिला खनाल र सागर बुढा मगरलाई सल्लाहकार चयन गरेको छ ।

भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदै, जातीय समता समाका केन्द्रीय सदस्य रामबहादुर विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा मगरले मन्तव्य राख्नु भएको थियो । त्यस्तै अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य श्याम प्रकाश खनालको आतिथ्यता रहेको थियो ।
नयाँ समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केर सिंह पुन र अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसीले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता राजु विकले, सञ्चालन सुस्मिता विकले र स्वागत रक्तिम सांस्कृतिक अभियान कलाकारहरूले सांगितिक कोशेलीद्वारा स्वागत गरिएको थियो ।