चितवन । राष्ट्रिय जनमोर्चा जिल्ला समिति चितवन सङ्घीय निर्वाचन क्षेत्र नं. ३ को चुनावी भेला भरतपुर २३ कसरा चोकमा सम्पन भएको छ ।
Advertisement
अध्यक्षता मोहाराज चालिसेको अध्यक्षता एवं यादव विलास पन्तको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई बाल कुमारी आचार्यले स्वागत गर्नुभएको थियो ।
राजमो केन्द्रीय सदस्य डम्बर पुरीको प्रमुख आतिथ्यता एवं राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य जिल्ला अध्यक्ष बाल कुमारी आचार्य, नेकपा (मसाल) जिल्ला जिल्ला प्रवक्ता भविश्वर शर्मा, जिल्ला अध्यक्ष अमर बहादुर क्षेत्री, भरतपुर रक्तिम अभियान जिल्ला समितिका अध्यक्ष कृष्ण बहादुर के.सी, भानपा २३ का नेता कालिदास सुबेदीले लगायतले आतिथ्यता एवं मन्तव्य राख्नुभएको थियो ।
भेलाले ५१ सदस्यीय चुनाब प्रचारप्रसार परिचालन समिति निर्माण गरिएको छ ।