प्युठान । मल्लरानी गाउँपालिका अन्तर्गत ३ चोरपानीमा राष्ट्रिय जनमोर्चाको राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
टिकाराम शर्मा पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाले समसामयिक राजनीतिक अवस्था सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पश्चात् सहभागीबाट सुझाव तथा जिज्ञासाको कार्यक्रम राखिएको थियो ।
श्री गिरीराज पौडेलको स्वागत मन्तब्य तथा दुर्गा बहादुर थापाको सञ्चालन रहेको कार्यक्रममा स्थानिय महिला, किसान तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
