• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उपत्यका भित्र सञ्चालनमा आउन थाले केही बस


  •   बुधबार, असार ३१, २०७७ मा प्रकाशित
  • काठमाडौं । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।

    Advertisement

    एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बस बाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासंंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल सकारात्मक दिशामा छ, हामी सबै सवारीसाधन चलाउनुपर्छ भन्नेमा छौँ ।’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासंघ र मजदूर संगठनसँगको छलफल अघि बढाइरहेको छ । सोमबार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासंघसँगै मजदूर संगठनसँग छलफल गर्नुभएको थियो । आज पनि विभागमा व्यवसायी, मजदूर संगठनसँगै स्वास्थ्य तथा जनस्ख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल हुँदैछ ।

    अहिले महासङ्घले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमासमेत आवाज उठाएको महासंघका महासचिव सिटौलाले बताउनुभयो । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड-१९ को संघमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उहाँले बताउनुभयो । अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।

    लामो समयसम्म थन्किएका सवारीसाधनको मर्मत बाँकी भएको, मर्मतकै लागि कतिपय वर्कसपका मिस्त्री बाहिर रहेको र अहिले पनि धेरै चालक, सहचालक सम्बन्धित स्थानमा नरहेकाले तत्काल सञ्चालन गर्ने अवस्था नभएको बताइएको छ । पहिले जसरी जुनसुकै स्थानमा सवारीसाधन नरोकिने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘साबुन पानीको व्यवस्था भएका ठाउँमा मात्रै रोकिन्छ, यात्रु पहिलेभन्दा केही दूरीसम्म हिँड्नुपर्ने हुनसक्छ ।’

    यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सरकारले पनि आज निर्णय गरेर बिहीबारदेखि नै सबै सवारीसाधन चल्छन् भन्ने नसोचेको बताउनुभयो । लामो समय थन्किएका सवारीसाधन मर्मत गरेर सडकसम्म ल्याउन समय लागेको उहाँको भनाइ छ । त्यससँगै यात्रु र चालकलाई कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भनि विभागमा छलफल भइरहेको छ । सवारीसाधन एकै पटक ठूलो सङ्ख्यामा सडकमा आए पनि यात्रु कम हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले हामीले व्यवसायीलाई पनि सञ्चालन गर्नैपर्छ भन्ने अवस्था छैन ।’

    सवारीसाधन सञ्चालनका लागि धेरै कर्मचारी घर गएकाले मजदूर व्यवसायी सङ्गठनले तीनलाई फर्काउन विभागले समन्वय गर्नुपर्ने माग गरेका छन् । गृह मन्त्रालयसँग समन्वयमा उनीहरुलाई फर्काइने महानिर्देशक हमालले बताउनुभयो । सार्वजनिक सवारीसाधन संक्रमण फैलाउन सक्ने हुनाले त्यसमा सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

    सवारीसाधन सञ्चालनका लागि यात्रु पनि धेरै सडकमा आइसकेका छैनन् । गत साता ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै चालक सडकमा आएका थिए । अहिले उनीहरु नै जोर बिजोरमा सञ्चालन गर्न माग गरिरहेका छन् । अहिले जिल्लाभित्र सञ्चालन गर्ने भनिए पनि संक्रमण कम भएमा प्रदेशभित्र विस्तार गर्न सकिन्छ । (रासस)

    बुधबार, असार ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.