काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरूङमा दुई जना बेपत्ता भएका छन् । दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
Advertisement
आयोजनाको सुरुङबाट पानी बाहिर निस्किन थालेपछि मंगलबार चार जनाको टोली सुरुङभित्र पसेको थियो । त्यसमध्ये दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता हुनेमा एक जना इन्जिनियर र एक जना चालक छन् ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार उनीहरुको मेलम्ची अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको एसपी महर्जनले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित मेलम्चीको सुरुङमा पछिल्लो समय परीक्षण भइरहेको छ ।