नरपानी सुपा देउराली रिसोर्टको ११औँ साधारणसभा तथा तेस्रो अधिवेशन पुस १२ गते सम्पन्न भएको छ । जिल्लाको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा प्रचुर पर्यटकीय सम्भावनालाई समेट्दै सञ्चालन हुँदै आएको छ ।
आगामी दिनमा रिसोर्टलाई स्टार होटलको रूपमा स्तरोन्नती गरी सञ्चालन गर्ने अधिवेशनले निर्णय गरेको छ । उक्त निर्णयअनुसार आगामी दिनमा भौतिक संरचनाको विस्तार, आधुनिक कोठा सुविधा, गुणस्तरीय रेस्टुरेन्ट सेवा, सम्मेलन तथा सेमिनार हल, पर्याप्त पार्किङ, स्वच्छता, सुरक्षा र पाहुना सत्कार सेवामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गरिने सञ्चालक समितिले जनाएको छ ।
साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संस्थागत संरचनालाई थप सुदृढ बनाउने निर्णयसमेत गरेको छ ।
अधिवेशनमा स्थानीय बुद्धिजीवी, व्यवसायी, पर्यटनकर्मी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नरपानी सुपा देउराली रिसोर्टलाई केवल होटलको रूपमा मात्र नभई सिंगो जिल्लाको पहिचान र समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
सञ्चालक समितिको अध्यक्षमा शेर बहादुर भट्टराई, सञ्चालक सदस्यहरूमाः– तुलसीराम मिश्र (तिलक), नेत्र पन्थी, रामप्रसाद खनाल, फर्सुराम खनाल, जीवनलाल पौडेल (गोपाल), टोपलाल खनाल, पुष्कर बञ्जाडे र बलराम बञ्जाडे रहनुभएको छ ।
त्यस्तै सल्लाहकार समितिमाः
प्रमुख सल्लाहकार उमालाल बञ्जाडे, सल्लाहकारहरूमाः टेक बहादुर थापा, मणि अधिकारी, यामलाल पोख्रेल, पूर्ण बहादुर चन्देली, शालिकराम बञ्जाडे र शिवहरी भट्टराई रहनुभएको छ ।
त्यस्तै लेखा समितिमाः संयोजक– बाबुराम भुसाल, सदस्यहरूमाः निरज भुसाल र कमल ढकाल रहनुभएको छ ।