• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

धिमालभाषी कृति ‘उज्यालो कुपी’ लोकार्पण


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । बेलबारी नगरपालिकाका धिमाल समुदायका लेखक टिकालाल धिमालको धिमालभाषी कृति ‘उज्यालो कुपी’ विमोचन भएको छ ।

    Advertisement

    बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङलगायतले २०८२ पुस १० गते नेपाल आदिवासी जनजाति महासङ्घ, बेलबारीको सभाकक्षमा आयोजित कार्यक्रममाझ सो कृति लोकार्पण गर्नुभएको हो ।

    उक्त कृतिमा धिमाल भाषाका ‘नाङ्घाका जीवन’ र ‘कापाल्ता मान्थु’ नाटक तथा तिनको नेपाली अनुवाद ‘ब्युँझिएको जीवन’ र ‘सङ्कल्प’ गरी चारओटा सामग्री समावेश छन् ।

    सो अवसरमा मन्तव्य राख्दै नगरप्रमुख राईले अल्पसङ्ख्यक समुदायले आफ्नो भाषामा साहित्य सिर्जना गर्नु, कृति प्रकाशन गर्नु भनेको नाफा हुन्छ कि घाटा हुन्छ भन्ने कुरा नभएर भाषासाहित्य अन्य विकसित भाषासंस्कृति सँगसँगै दौडाउन सकियो कि सकिएन भन्ने कुरा बढी महत्त्वपूर्ण हुने बताउनुभयो ।

    विशिष्ट अतिथि तामाङले धिमालले आफ्नो समुदायलाई मात्र नभएर सम्पूर्ण नेपाली जातिकै लागि काम गरेको र उनले जस्तै नेपाली भाषासंस्कृतिको जगेर्ना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

    समीक्षक ईरानराईले भाषिक तथा सांस्कृतिक अतिक्रमण भइरहेको अवस्थामा नाटकसङ्ग्रहले आफ्नै संस्कृति र परम्परामा भएका अनपयुक्त पक्षलाई हटाउँदै असल पक्षलाई अझ विकसित रूपमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    समीक्षक केशु विरहीले नाटकसङ्ग्रहले धिमाल र नेपाली भाषाको नाट्यक्षेत्रलाई अगाडि बढाउने विश्वास गर्नुभयो ।

    धिमाल जाति विकास केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर धिमालले बेलबारी क्षेत्रको धिमाल भाषा पूर्वको भन्दा बढी मौलिक रहेको जानकारी गराउनुभयो ।

    बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले मातृभाषाको संरक्षण र साहित्यिक विकासका लागि प्रतिष्ठान सदैव तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा वडाअध्यक्ष योगेन्द्र सुवेदी, समाजसेवीहरू प्रतापकुमार थापा, छत्र लिम्बू, केदार धिमाल, रुक्मिणी धिमाल, फणीन्द्रप्रसाद निरौला तथा साहित्यकारहरू दीप मङ्ग्राती, पुरन याखा, जेबी थुलुङ, कृष्ण गुरुङ, प्रेम गुरुङ, तीर्थराज सिग्देल, अजित धिमाल अतिथि हुनुहुन्थ्यो ।

    धिमाल केन्द्र बेलबारीका अध्यक्ष शिवनाथ धिमालको अध्यक्षता तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सञ्चालन रहेको सो कार्यक्रमको सञ्चालन कोषाध्यक्ष शिव पराजुलीले गर्नुभएको थियो ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.