• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भूमिकास्थान र रेडक्रस रुपन्देहीबिच रक्तसेवासम्बन्धी सम्झौता


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    अर्घाखाँची भूमिकास्थान नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीबिच नगरपालिकाका बासिन्दालाई रगत उपलब्ध गराउने सम्झौता भएको छ । सो सम्झौता २०८२ पुस २ गते बुधबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको हो ।

    सम्झौताअनुसार भूमिकास्थान नगरपालिकाका बासिन्दाले रेडक्रस रुपन्देहीअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) बाट रगत प्राप्त गर्न सक्नेछन् । सेवा उपलब्ध गराएबापत नगरपालिकाले प्रतियुनिट नौ सय ५० रुपैयाँ सेवा शुल्क नेपाल रेडक्रस सोसाइटीलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

    सम्झौतामा रक्तसञ्चार सेवाको खर्च विवरणसहितको प्रतिवेदन प्रत्येक त्रैमासिक १५ गतेभित्र बिलसहित नगरपालिकामा पेस गर्नुपर्ने उल्लेख छ । साथै सेवा प्रदान गर्दा बिरामीको नामावली, उपलब्ध गराइएको रगतको किसिम तथा लागेको शुल्कसहित आवश्यक कागजात संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ ।

    रगत लिन नगरपालिकाको बासिन्दा भएको प्रमाण खुल्ने कागजात† जस्तै : नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, बसाइँसराइ प्रमाण, सवारी चालक अनुमतिपत्र, राहदानी, जन्मदर्ता वा विवाहदर्ता पेस गर्नुपर्नेछ । आकस्मिक अवस्थामा कागजात तत्काल पेस गर्न नसकेमा पहिले सेवा शुल्क बुझाइ २४ घण्टाभित्र कागजात पेस गरेमा उक्त रकम फिर्ता गरिने व्यवस्था गरिएको छ ।

    सम्झौताअनुसार अस्पतालका लागि लगिएको रगत प्रयोग नभएमा २४ घण्टाभित्र बैङ्कमा फिर्ता गर्नुपर्नेछ । साथै नगरपालिकाले वार्षिक कार्ययोजना तयार गरी कम्तीमा वर्षमा दुईपटक नेपाल रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

    रक्तसञ्चार सेवा सहज र निरन्तर बनाउन नगरपालिकाले अग्रिम रूपमा एक लाख रुपैयाँ नेपाल रेडक्रस सोसाइटीमा जम्मा गर्ने र उक्त रकम २० प्रतिशतभन्दा कम भएमा पुन: रकम थप गर्ने प्रावधान पनि सम्झौतामा समावेश गरिएको छ ।

    सम्झौता समारोहमा बोल्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले यो सम्झौताले नगरबासीको जीवनरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘रक्त अभावका कारण कुनै पनि नागरिकले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो । यस सम्झौतामार्फत भूमिकास्थान नगरपालिकाका नागरिकले सहज, सुरक्षित र नि:शुल्क रक्तसेवा पाउने व्यवस्था गरिएको छ । आगामी दिनमा रक्तदान संस्कृतिलाई अझ सशक्त बनाउँदै लैजानेछौँ ।’

    सम्झौतामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट समयसमयमा तोकिएको रक्तसेवा शुल्क परिमार्जन भएमा सोहीअनुसार लागु हुने उल्लेख छ । आपसी सहमतिमा सम्झौताको अवधि तथा शर्त थपघट गर्न सकिने र प्रत्येक वर्ष कम्तीमा एक पटक दुवै पक्षको सहभागितामा समीक्षा बैठक आयोजना गर्ने सहमति पनि भएको छ । सम्झौता २०८३ असार मसान्तसम्म लागु हुनेछ ।

    सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख झबिलाल थापा र रेडक्रस रुपन्देहीको तर्फबाट सभापति रामचन्द्र उपाध्यायले हस्ताक्षर गर्नुभयो । साक्षीका रूपमा स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरे तथा रक्तसञ्चार सेवा समिति रुपन्देहीका संयोजक सुशील गुरुङ रहनुभएको छ।

    सो अवसरमा भूमिकास्थान घर भई हाल बुटवल बसोबास गर्दै आउनुभएका समाजसेवी उमलाल बन्जाडे, गोपाल बन्जाडे, ज्ञानु पाण्डे, रामप्रसाद भुसाल, लक्ष्मण बेलबासेलगायतको उपस्थिति रहेको थियो ।

     

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.