नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यबहाक महासचिवको जिम्मेवारी ठाकुर खनालले पाउनुभएको छ । खनाल यसअघि सचिव हुनुहुन्थ्यो ।
Advertisement
मूलप्रवाह केन्द्रीय सचिवालयको शनिबार सम्पन्न बैठकले खनाललाई महासचिवमा चयन गरेको बैठक पछि अध्यक्ष दुर्गा बहादुर केसीले प्रेशित गर्नुभएको वक्तव्यमा उल्लेख छ ।
महासचिव खगेश्वर शर्मा स्थायी रूपमै संगठानिक जिम्मेवारी अनुसार नेपाल जानु भएको हुँदा मूलप्रवाहले शर्मालाई विदाई गरी सो जिम्मेवारीमा खनाललाई ल्याएको हो ।
अध्यक्ष केसीले कतिपय भारतीय च्यानलले नेपालविरुद्ध पितपत्रकारिता गरेको उल्लेख गर्दै त्यसको कडा शब्दमा भत्र्सना गर्नुभएको छ ।
यस्तो छ, विज्ञप्तिः
