काठमाडौं । तीन महिना बन्द भएर खुल्ला भएको वैदेशिक रोजगारीका लागि १८ सय नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन् ।
सरकारले असार १८ गतेदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो । नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको हो । अहिलेसम्म युवाहरुले २८ देशका लागि पुनः श्रम स्वीकृति लिएका छन् ।
एक सय ९६ महिला र बाँकी पुरुषले श्रम स्वीकृति लिएका विभागले जनाएको छ । सबैभन्दा धेरै युएई गएका छन् । शुक्रबारसम्म युएईका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ८ सय ३१ पुगेको छ । यस अवधिमा २०० जना कतार, १६८ जना मलेसिया, २८३ जना जापान र ५७ जना कुवेत गएका छन् ।
यस अवधिमा २०० जना कतार, १६८ जना मलेसिया, २८३ जना जापान र ५७ जना कुवेत गएका छन् ।