• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न


  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • रातामाटा (दैलेख) । भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो ।

    Advertisement

    छ वर्षीया छोरी उहाँकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि ? जिज्ञासा झर्न नपाउँदै उहाँले भन्नुभयो, “महिला, यसमाथि गर्भावस्था, यसमा सुत्केरी हुँदा नपाएको दुःख र कष्ठ कहिले पाउनु ? प्रसव पीडा बिना नयाँ सृष्टि कहाँ हुन्छ ?” जवाफ दिइरहँदा उहाँको अनुहारमा चमक पनि देखियो । छोरा जन्मिएकाले खुसी भएको ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “होइन होइन । अहिले जमानामा छोराले भन्दा छोरीले पाल्दछन् । नानीबाबुमा केही फरक छैन । नानी जन्माउनभन्दा बाबु पाउन सजिलो भयो भनेर । खासै पीडा भएन भनेर ।”

    उहाँ आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिन्थिन् । स्वास्थ्यकर्मीले दिएको निर्धारित मितिभन्दा करिब १५ दिन अगाडि नै उहाँ सुत्केरी हुनुभएको थियो । अमृतालाई सुत्केरी व्यथाले च्याप्ने बित्तिकै उहाँका पति निर्मल खड्काले छिमेकीको सहायताले ‘स्ट्रेचर’मा बोकेर घरभन्दा करिब एकघण्टा टाढाको स्वास्थ्य संस्था (बर्थिङ सेन्टर)मा पु¥याएका थिए । निर्मलले भन्नुभयो, “गर्भवतीलाई ‘स्ट्रेचर’मा बोक्नुको अर्काे विकल्प यहाँ छैन । बर्थिङ सेन्टर त छ टाढा पर्छ । सेवा त ठीकै छ ।”

    अमृतालाई गाउँका महिला स्वयंसेविकाले अमृता गर्भावस्था भएदेखि सुत्केरी नहुञ्जेलसम्म ख्याल गरिरहे । उहाँले भन्नुभयो, “आज पनि तपाईँ आउनुअघि स्वयंसेविकाको आउनुभएको थियो । मलाई र बाबु (शिशु)लाई केही समस्या भएको छ कि छैन भनेर सोध्नुभयो । मैले ठीकै छ भनिदिए । उहाँ जानुभयो । स्वयंसेविकाका सबै सल्लाह मानेका कारणले गर्भावस्थादेखि सुत्केरी हुन सजिलो भयो । श्रीमान्ले भन्दा महिला स्वयंसेविकाले ख्याल गर्दछन् । प्रसव पीडा हराइसक्यो । भुलिसकियो । सम्झेर पनि के गर्नु र ?”

    गाउँका गठन भएका स्वास्थ्य आमा समूह र महिला स्वयंसेविका गर्भवती एवं नवजात शिशुको स्याहार गर्न प्रायः साँझ बिहान तल्लीन छन् । कतिपय अवस्थामा उनीहरुले नै गर्भवतीलाई ‘स्ट्रेचर’मै बोकेर बर्थिङ सेन्टरमा लैजानुपर्ने अवस्था यहाँ विद्यमान छ । हालसम्म गाउँमा एम्बुलेन्स छैन । गाउँका युवा र अन्य पुरुष कामको खोजीमा अन्यत्र गएकाले यहाँ स्वास्थ्य आमा समूह र महिला स्वयंसेविका नै गर्भवतीका लागि भरोसा बनेका हुन् ।

    भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काका अनुसार गाउँपालिकाभर ८१ स्वास्थ्य आमा समूह क्रियाशील छन् । उहाँ भन्नुहुन्छ, “पुरुष घर नभएका अवस्थामा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गर्भवतीलाई ‘स्ट्रेचर’मै बोकेर बर्थिङ सेन्टरमा लैजानुपर्ने अवस्था छ । यसमा सुधार ल्याउन ‘एम्बुलेन्स’ को व्यवस्थापन गर्न पहल गरिराखेका छौँ । ‘गर्भावस्थादेखि सुत्केरीपश्चात् स्वास्थ्य आमा समूह र स्वयंसेविकाले कसरी हेरचाह गर्दछन्’ भन्ने कुराको सिकाइ रातामाटा बन्न सक्छ । ”

    स्वास्थ्य आमा समूहको मुख्य काम नै गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको जीवन रक्षा गर्न सहजीकरण गर्नु नै हो । यसका लागि ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले सेतुको काम गरिराखेको छ । ब्रिटिस रेडक्रस र स्विस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा सो कार्यक्रम कार्यान्वयन गरिराखेको हो ।

    महिला स्वयंसेविका पानसरा खड्काले भन्नुभयो, “पछिल्लो समय गाउँमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा छ । गर्भावस्था, सुत्केरीपश्चात् आमा र नवजात शिशुको मृत्यु यहाँ भएको छैन । सुत्केरी हुनेक्रममा जटिलता भएर केही गर्भवतीको मात्र हवाई उद्धार भएको छ । हामी यो अवस्था पनि नआओस् भनेर काम गरिरहेका छौँ । व्यवहार परिवर्तलाई जोड दिइराखेका छौँ । गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको जीवन कसरी रक्षा गर्न हामी घरघरमा सचेतनाका काम गर्दछाँै ।”

    ‘सुरक्षित मातृत्व कोष’

    गाउँका गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको हेरचाहका लागि स्वास्थ्य आमा समूहले छुट्टै ‘सुरक्षित मातृत्व कोष’ स्थापना गरेका छन् । यो कोषमा सो परियोजनाले रु पाँच हजार सहयोग गरेको छ । यसमा समूहले रु पाँच हजार थप गरेर रु १० हजार बनाएका छन् । भगवतीमाई–३ कि महिला स्वयंसेविका अमृता खड्काले भन्नुभयो, “गर्भवती र पाँच वर्षमुनिका बालबालिकालाई विपद्मा कोषबाट सहयोग हुने गरेको छ । कतिपय अवस्थामा ‘स्ट्रेचर’ बोक्ने पुरुष गाउँमा पाइन्न । अस्पताल त छ टाढा छ । अझै गर्भवती बाटोमा नै सुत्केरी हुनुपर्ने अवस्था छ । महिलाले नै ‘स्ट्रेचर’मा बोकेर स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था छ । गाउँमा एम्बुलेन्स छैन । यस्तो अवस्थामा सहयोग गर्न कोष बनाएका हौँ । कोषबाट अप्ठ्यारो पर्नेलाई सहयोग गर्ने गरेको छौ । ”

    नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि गाउँपालिकाअन्तर्गतका सात स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परियोजनाले गाउँपालिकाको सहकार्यमा गाउँ घर क्लिनिक तथा खोप केन्द्र भवनको निर्माण, दुईवटा स्वास्थ्यचौकीको मर्मत तथा खानेपानी र सरसफाइका सुविधा, स्वास्थ्यकर्मीका लागि नवजात शिशुको हेरचाह तथा मातृ तथा नवजात शिशु स्वास्थ्यका लागि ‘अनसाइट कोचिङ’ सञ्चालन गरेको छ । स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा प्रजनन स्वास्थ्य, नवजात शिशु स्वास्थ्य, बाल तथा किशोर स्वास्थ्य, पोषण, यौन तथा प्रजननन स्वास्थ्य अधिकार, महिनावारी स्वच्छता जस्ता विषयहरुमा छलफल तथा अभिमुखीकरण गरिएका छन् ।”

    परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनलाई एकीकृत गरी समुदायका विभिन्न तहमा स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमार्फत समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्न गाउँपालिकासँगको समन्वयमा विभिन्न विभिन्न गतिविधि सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्ता गतिविधिबाट समुदायका व्यक्तिहरुको स्वास्थ्यमा सुधार ल्याउने काम छ ।”

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.