काठमाडौं । नेपालको राष्ट्रियताविरुद्ध लगातार वकवास सामग्री प्रशारण गर्दै आएका भारतीय टेलिभिजन च्यानलहरुलाई नेपालमा रोक लगाइएको छ ।
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा दुरदर्शन बाहेक भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेका हुन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको बताएका छन् ।
भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रशारण गर्न थालेपछि ति च्यानलहरु बन्द गरिएको हो ।
हालैमात्र भारतीय टेलिभिजन जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक सामग्री प्रशारण गरेको थियो ।
नेपालविरुद्ध लगातार तथ्यहिन, आपत्तिजनक सामग्री दिन थालेपछि आज बसेको नेपाल केवल टेलिभिजन महासंघको बैठकले त्यस्ता च्यानलहरु बन्द गर्दै जाने निर्णय गरेको हो ।