• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

लुम्बिनी प्रदेशमा महिला तथा बालबालिकाको समस्या गम्भीर छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाले आफ्नो प्रदेशमा महिला तथा बालबालिकाको समस्या गम्भीर रहेको बताउनुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियासित २०८२ मङ्सिर १८ गते भिडियो कुराकानी गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    लुम्बिनी प्रदेशको बाँके र रुपन्देहीलाई केन्द्र बनाएर महिला र बालबालिकााक समस्या बढी आउने गरेको उहाँको भनाइ थियो ।

    ‘बाँकेमा महिला तथा बालबालिकाका समस्या गम्भीर देखिन्छ । त्यहाँ कर्णाली प्रदेशका महिलाहरू पनि उपचारका लागि आउँछन् । त्यसमध्ये कैयौँ उपचारका लागि कपिलवस्तुसम्म आइपुग्छन्’ उहाँले भन्नुभयो– ‘त्यस्तै बुटवलमा छओटा पहाडी जिल्लाका महिला तथा बालबालिका उपचारका लागि पुग्छन् । लुम्बिनी अञ्चल अस्पतालमा अहिले पनि बिरामीको चाप छ ।’

    उहाँले लुम्बिनीमा मातृमृत्युदर र बालमृत्युदर अत्यधिक रहेको बताउनुभयो ।

    महिला तथा बालबालिकाको समस्याबारे काम गर्न महिला सांसदको मञ्च बनाएको जानकारी उहाँले दिनुभयो ।

    ‘प्रदेशका सांसदको मञ्च बनाएका छौँ । त्यो मञ्चले महिला तथा बालबालिकाका समस्याबारे अनुगमन गर्ने गरेको छ’ उहाँले भन्नुभयो ।

    उक्त मञ्चले केही दिनअघि नवलपरासीको स्कुलमा शिक्षकले बालकमाथि निर्घात कुटपिट गरेको विषयमा अनुगमन गरी कारबाहीका लागि माग गरेको उहाँले स्मरण गर्नुभयो ।

    त्यस्तै, मधेसमा धान रोप्ने र काट्ने बेलामा बालबालिकालाई स्कुल नपठाउने गरिएकोमा संसदीय अनुगमन गरी त्यसलाई रोक्नका लागि निर्देशन दिएको पनि बताउनुभयो ।

    विशेषज्ञ डक्टर गाउँ नजाने

    अन्तर्वार्ताको क्रममा उहाँले मुख्यत: विशेषज्ञ डक्टर गाउँ नजाने भएका कारण गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको बताउनुभयो ।

    ‘मुख्य समस्या डक्टरहरू गाउँ नजानु हो’ उहाँले भन्नुभयो– ‘करोडौँ खर्च गरेर डाक्टरी पढ्छन् । त्यसैले ५० हजार/एक लाख रुपियाँ तलबमा उनीहरू गाउँ जान मान्दैनन् ।’

    विशेषज्ञ डाक्टरको अभावकै कारण पालिका केन्द्रमा सामान्य ल्याबसमेत राख्न नसकिएको उहाँले बताउनुभयो ।

    गुल्मी कालीगण्डकी पालिकाको उदाहरण दिँदै उहाँले त्यहाँ सामान्य ल्याबसमेत राख्न नसकिएको जानकारी दिनुभयो ।

    कालीगण्डकीमै ७०० खरका छाना

    लुम्बिनीमा अझै पनि विकासमा पछि परेका कैयौँ पालिका रहेको उहाँले बताउनुभयो ।

    उदाहरणको रूपमा गुल्मीको कालीगण्डकी पालिकालाई प्रस्तुत गर्दै उहाँले भन्नुभयो– ‘गुल्मीको कालीगण्डकी गाउँपालिकामा मात्रै ७०० खरको छानाका घर छन् ।’

    गुल्मीका सत्यवती, चन्द्रकोट र कालीगण्डकी गाउँपालिका विकास निर्माणमा पछि परेकामध्ये केही पालिका भएको उहाँको किटानी थियो ।

    ‘यी गाउँका मान्छेको हातखुट्टा भाच्चियो भने वा प्रसूतिजन्य समस्या हुँदा पाल्पा वा बुटवल जानुपर्ने अवस्था छ’ उहाँको भनाइ थियो ।

    सांसदभन्दा डिभिजन कार्यालय शक्तिशाली

    सांसद थापाले लुम्बिनी प्रदेशमा सांसदभन्दा डिभिजन कार्यालय शक्तिशाली रहेको जानकारी दिनुभयो ।

    लुम्बिनी प्रदेशमा १२ ओटा डिभिजिन कार्यालय रहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘लुम्बिनी प्रदेशमा डिभिजन कार्यालयले टेन्डर आह्वान गर्ने, सम्झौता गर्ने, भुक्तानी गर्ने, अनुगमन गर्ने सबै काम गर्दछ ।’

    उहाँले अगाडि भन्नुभयो– ‘सांसदहरू अनुगमनमा जाँदा डिभिजन कार्यालयले अनुगमनसमेत सिध्याइसकेको हुन्छ ।’

    विकास निर्माण अनुगमनको कार्य जिल्ला समन्वय समितिको जिम्मामा रहेको जिज्ञासा राख्दा उहाँले भन्नुभयो– ‘डिभिजन कार्यालयका अगाडि जिल्ला समन्वय समितिको भूमिका निष्प्रभावी हुन्छ ।’

    डिभिजन कार्यालयले सम्पन्न गरेका विकास निर्माणका कार्य गुणस्तरहीन रहेको उहाँले ठोकुवा गर्नुभयो ।

    २४ अर्ब आम्दानी, बजेट ३८ अर्ब

    राजमो केन्द्रीय सदस्यसमेत रहनुभएकी थापाले लुम्बिनी प्रदेशको बजेटको आकारबारे असन्तुष्टि व्यक्त गर्नुभयो ।

    ‘लुम्बिनीका आन्तरिक आय १२ अर्ब हो । यसमा सङ्घले १२ अर्ब बजेट दिन्छ’ उहाँले भन्नुभयो– ‘जम्मा २४ अर्ब आम्दानी भएकोमा सरकारले ३८ अर्बको बजेट प्रस्तुत गर्दछ । यो जनताको आँखामा छारो हाल्ने कार्य हो ।’

    बजेटको सन्तुलन नभएकाले रातो किताबमा दर्ता भएका कैयौँ योजनाका लागि समेत बजेट अपुग रहने गरेको उहाँको अनुभव थियो ।

    बजेटको दुरुपयोग

    अन्तर्वार्ताको क्रममा उहाँले जे जति बजेट कार्यान्वयनमा जान्छन्, त्यसको पनि दुरुपयोग भइरहेको बताउनुभयो ।

    ‘जे जति योजना कार्यान्वयनमा गएका छन्, त्यसबाट पनि गुणस्तरीय काम हुने गरेका छ्रैनन् । कतिपय स्थानमा त बजेटको दुरुपयोग भएको पाइएको छ’ त्यसको उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो– ‘मधेसका एक जना सांसदले आफ्नो घरभित्र मन्दिर बनाउँदा प्रदेशबाट बजेट हालेको पाइएको छ ।’

    उहाँले व्यवस्थित र गुणस्तरीय प्रकारले काम नगर्नु प्रदेशको मुख्य समस्या रहेको ठोकुवा गर्नुभयो ।

    ‘उदाहरणको रूपमा गुल्मीको हर्मिचौरको खानेपानी योजनालाई लिन सकिन्छ’ उहाँले भन्नुभयो– ‘त्यहाँ सात वर्षमा बल्ल अहिले खानेपानी योजना सम्पन्न भएको छ । प्रत्येक वर्ष १०–१५ लाख बजेट विनियोजन हुने तर सम्पन्न नहुने समस्याबाट बल्ल छुटकारा मिलेको छ ।’

    यस सन्दर्भमा उपभोक्ता समितिले भन्दा पनि टेन्डर प्रक्रियामा बजेटको दुरुपयोग हुने उहाँको तर्क थियो ।

    उहाँले भन्नुभयो– ‘एकाध ठाउँमा उपभोक्ता समितिबाट पनि भ्रष्टाचार भयो होला तर उहाँहरू आफै उपभोक्ता भएकाले त्यहाँ भ्रष्टाचार भएको देखिन्न । भ्रष्टाचार हुने भनेकै टेन्डर प्रक्रियाबाट जाँदा हो ।’

    गाउँउपेक्षित बजेट

    सांसद थापाले गाउँउपेक्षित बजेटको प्रवृत्ति लुम्बिनी प्रदेशमा पनि रहेको बताउनुभयो ।

    ‘केन्द्रमा वा अन्य प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि गाउँलाई उपेक्षा गर्ने गरी बजेट बाँड्ने प्रचलन छ’ उहाँले भन्नुभयो– ‘मन्त्रीको जिल्लामा वा सहरमा बढी बजेट पठाउने तर विकास निर्माणमा पछि परेका वा भौगोलिक रूपमा विकट जिल्लामा बजेट कम जाने गर्दछ ।’

    यस वर्षको बजेट सबैभन्दा बढी दाङमा, त्यस्तैमा रुपन्देहीमा र मुख्यमन्त्रीको जिल्ला भएकाले अहिले अर्घाखाँचीमा पनि गएको उहाँले जानकारी दिनुभयो ।

    युगदर्शनको प्र्रश्नको जवाफमा उहाँले ग्रामीण जिल्लामा बजेट पठाउन सांसदमाझ छलफल हुने गरेको तर अन्तिम समयमा त्यो छलफलले निष्कर्ष दिने नगरेको अनुभव उहाँले सुनाउनुभयो ।

    ‘विकट जिल्लामा बजेट पठाउनुपर्छ भनेर सांसदमाझ छलफल चल्छ’ उहाँले भन्नुभयो– ‘तर बजेट बाँडफाट हुने बेलामा कुनै मन्त्रीको नजिक भएर आफ्नो जिल्लालाई बढी बजेट पार्ने प्रवृत्ति लुम्बिनी प्रदेशमा पनि छ ।

    बौद्ध पुरातात्त्विक सहर योजना

    राजमोले बौद्ध पुरातात्त्विक योजना अगाडि सारेकोमा प्रदेश सरकारले त्यसलाई स्वीकार गरेको बताउनुभयो ।

    ‘प्रदेश सरकारले बौद्ध पुरातात्त्विक सहर निर्माण योजलाई नीति तथा कार्यक्रममा राखेको छ । रातो किताबमा पनि त्यसलाई दर्ता गरेर बजेट छुट्याएको छ’ उहाँले भन्नुभयो– ‘तर त्यसलाई सम्पन्न गरेर यसको बारेमा सांसदमाझ व्यापक छलफल गरेर योजना अगाडि बढाउने सवालमा सरकारले सङ्कीर्ण दृष्टिकोण अपनाएको हामीले पाएका छौँ ।’

    उहाँका अनुसार बौद्ध पुरातात्त्विक योजनाबारे सरकार सञ्चालक नेकपा (एमाले) र नेपाली कङ्ग्रेससित कुनै ठोस योजना छैन ।

    आफूहरूले देवदह, कपिलवस्तु र तिलौराकोटलगायतका स्थानलाई समेटेर बौद्ध सभ्यता झल्किने गरी सहर निर्माण गर्न खोजेको बताउँदै उहाँले त्यसका लागि केन्द्रमा पर्यटन मन्त्रालयसित पनि कुराकानी भएको जानकारी गराउनुभयो ।

    कालीगण्डकी कोरिडोर

    अन्तर्वार्ताको क्रममा उहाँले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ र पाल्पा खण्डमा काम अलपत्र भएको जानकारी दिनुभयो ।

    ‘सजिलोसजिलो ठाउँमा काम सम्पन्न भएको छ’ उहाँले भन्नुभयो– ‘बागलुङ र पाल्पाका कैयौँ ठाउँमा कोरिडोर अलपत्र छ ।’

    ती ठाउँका कैयौँ स्थानमा पोल सार्ने, जमिन अधिग्रहणलगायतका विवाद रहेको उहाँले बताउनुभयो ।

    कालीगण्डकी करिडोर सम्पन्न गर्न केन्द्र सरकारसित पनि आफूले समन्वय गरेको उहाँले जिकिर गर्नुभयो ।

    राजमो एक्लै चुनाव लड्ने

    आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा चुनावमा राजमो एक्लै चुनाव लड्ने उहाँले बताउनुभयो ।

    ‘राष्ट्रिय जनमोर्चा आगामी चुनावमा एक्लै भाग लिन्छ’ उहाँले भन्नुभयो ।

    अहिले पार्टीले राजनीतिक भण्डाफोर गर्नका लागि एक्लै चुनाव लड्ने निर्णय गरेको उहाँले दाबी गर्नुभयो ।

    लुम्बिनी प्रदेशका बर्दियाबाहेक सबै जिल्लामा सङ्गठन रहेको जानकारी दिँदै उहाँले आफ्नै सङ्गठनको बलमा राजमोले एकल रूपमा चुनाव लड्ने निर्णय गरेको सांसद थापाले जानकारी गराउनुभयो ।

    (सांसद थापासित भिडियो कुराकानीको पूर्ण पाठ वाच गर्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल (11) लुम्बिनी प्रदेशमा महिला तथा बालबालिकाको समस्या गम्भीर छ – तारा थापा – YouTube मा जानुहोला)

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.