• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वंश–रत्न मानववादी सम्मान आमाघरकी दिलशोभालाई


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । वंश–रत्न मानववादी सम्मान–२०८२ ‘आमाको घर’ की दिलशोभा श्रेष्ठलाई दिइने भएको छ ।

    Advertisement

    वंश–रत्न मेमोरियल ट्रस्टले हरेक दुई वर्षमा प्रदान गर्ने सो सम्मानको चौथो संस्करण सो संस्थाकी संस्थापक एवम् प्रमुख संरक्षक श्रेष्ठलाई प्रदान गरिने भएको हो ।

    सीमाविद बुद्धिनारायण श्रेष्ठ प्रमुख आतिथ्यमा २०८२ कात्तिक २९ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रममार्फत सो घोषणा गरिएको थियो

    कार्यक्रमको सञ्चालन ह्युमनिस्ट इन्टरनेसनलका एसिया एम्बेसडर उत्तम निरौलाले, अध्यक्षता ट्रस्टकी अध्यक्ष सन्तकुमारी श्रेष्ठले तथा स्वागत मन्तव्य संस्थाकी सचिव अमिता श्रेष्ठले राख्नुभएको थियो ।

    सम्मानित व्यक्तित्व दिलशोभाको सङ्क्षिप्त परिचय स्रष्टा एवम् अभियन्ता रामदेव पाण्डेले दिनुभएको थियो ।

    कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष डा. स्वयम्प्रकाश श्रेष्ठ, डा. नीलप्रसाद पन्त, नोर्बु घले, समाजसेवी गङ्गा कसजू, रेणु जोशी र मदनराज थापासमेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    आयोजक संस्थाका अनुसार नेपालमा पहिलोपटक देशविदेशका माननववादी व्यक्तित्व, संस्था तथा कृतिलाई मानववादी सम्मान तथा पुरस्कार प्रदान गर्ने गरी सुरु गरिएको यस सम्मामनबाट यसअघि तीन जना व्यक्तित्वलाई सम्मान गरिसकिएको छ ।

    ‘अन्धविश्वास र कुरीति विरुद्ध मानववादी अभियान’ मूल नारा बोकेको ट्रस्टले प्र्रदान गर्ने पुरस्कार तथा सम्मान सुरुका तीन संस्करण प्रत्येक वर्ष प्रदान गरिए पनि २०८० पछि ट्रस्टले निर्णय गरी हरेक दुई वर्षमा सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

    २०७८ सालको सम्मान दार्शनिक व्यक्तित्व मोहनविक्रम सिंहलाई, २०७९ सालको सम्मान विश्लेषक शाम श्रेष्ठ र २०८० को सम्मान अभियन्ता भारतीय नागरिक प्राडा नरेन्द्र नायकलाई २०८० मा एकमुष्ट प्रदान गरिएको थियो ।

    स्रष्टा, अनुवादक एवम् समाजसेवी व्यक्तित्व बालकृष्ण श्रेष्ठ नेभाले आफ्ना स्मृतिशेष बुबाआमाको सम्मान र सम्झनामा स्थापना गरेको आयोजकले बताएको छ ।

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.