• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

मधेसवादी पार्टी भारतीय इन्ट्रेस्टमा खोलिएका हुन् : आलम (भिडियो अन्तर्वार्ता)


  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/धनवीर पुनमगर, काठमाडौँ ।

    Advertisement

    तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले मधेसवादी पार्टी भारतीय इन्टे«स्टमा खोलिएको बताउनुभएको छ ।

    युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘भारतले नेपाललाई आफूमा विलय गर्न चाहिरहेको सबैलाई थाहा छ’ उहाँले भन्नुभयो– ‘त्यही इन्ट्रेस्ट र फन्डिङमा तराई मधेसका मधेसवादी पार्टी खोलिएका हुन् ।’

    सरदार बल्लभभाइ पटेल, इन्दिरा गान्धी हुँदै हालसम्मका भारतीय शासक वर्गको परराष्ट्रनीति नै नेपाललाई भारतमा विलय गराउनु रहेको उहाँको भनाइ थियो ।

    भारतको यस्तो रणनीतिको प्रभाव तराईमा परेको बताउँदै उहाँले त्यसका बाबजुद मधेसवादी पार्टीमा सामेल सबै मानिस भारतीय इन्ट्रेस्टप्रति वफादार हुन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

    ‘त्यहाँभित्र पनि कैयौँ मानिस इमानदार छन्, देशभक्त छन्’ उहाँले भन्नुभयो ।

    तराई मधेसमा पहिलेदेखि नै जमिनदारको शोषण रहिआएको स्पष्ट पार्दै उहाँले अहिले मधेसवादीको शासनमा पनि त्यस्तो सामन्ती शोषण यथावत् रहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले पनि मधेसमा विपन्न वर्गका जनताका लागि असहज परिस्थिति रहेको छ र मधेसवादी दलले उनीहरूका समस्या सम्बोधन गरेका छैनन् ।’

    तमजमोको स्थापना

    अन्तर्वार्ताको क्रममा आलमले भारतीय साम्राज्यवादको यस्तै इन्ट्रेस्टलाई चिर्न तराई मधेस जनवादी मोर्चा (तमजमो) स्थापना गरिएको दाबी गर्नुभयो ।

    ‘पहाडी–मधेसी वा हिमाली भनी आपसमा लडेर नेपाली जनतालाई मुक्ति मिल्दैन । त्यसका लागि न्यूनतम रूपमा नयाँ जनवादी क्रान्ति हुनुपर्दछ’ उहाँले भन्नुभयो– ‘भारतीय साम्राज्यवादद्वारा फैलाइएका यस्ता भ्रमलाई चिरेर देशभक्तिपूर्ण भावना फैलाउनका लागि हामीले तमजमो खोल्यौँ ।’

    पछिल्लो समयमा एकातिर जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निश्चित गरिएको र अर्कोतर्फ सङ्घीयताअनुसारको प्रदेश निर्माण गर्दा तराई मधेसका जिल्लालाई अलग गर्ने कुरा आउनुलाई उहाँले राष्ट्रविरोधी चिन्तनको सङ्ज्ञा दिनुभयो ।

    उहाँका अनुसार भारतको यस्तो नेपाल विरोधी परराष्ट्रनीतिको परिणामस्वरूप सङ्घीयता नेपालमा भित्रिएको ठोकुवा गर्नुभयो ।

    ‘तराई मधेसमा व्याप्त यस्तो गलत स्कुलिङ तोड्न बाध्यतावश हामीले तमजमो खोल्यौँ’ उहाँले स्पष्ट पार्नुभयो ।

    मधेस प्रदेशमा होइन, २२ जिल्ला कार्यक्षेत्र

    अन्तर्वार्ताको क्रममा उहाँले तमजमोको कार्यक्षेत्र अहिले गठन भएको मधेस प्रदेशका आठ जिल्ला मात्रै सीमित नरहेको आलमले बताउनुभयो ।

    ‘हामीले मधेस प्रदेश मात्रै होइन, पूर्व कोशीदेखि पश्चिम सुदूरपश्चिम प्रदेशसम्मका सम्पूर्ण २२ जिल्लाका जनतालाई सङ्गठनमा समेट्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो ।

    उहाँका अनुसार तमजमोले तराई मधेसमा परापूर्व कालदेखि बसोबास गर्दै आएका देशभक्त नेपालीलाई समेट्नेछ ।

    हालसम्म तराई मधेसका ११ जिल्लामा सङ्गठन निर्माण गरिसकेको बताउँदै उहाँले देशको जल्दाबल्दा समस्याको समाधानमा तमजमो अग्रपङ्क्तिमा रहने गरेको पनि बताउनुभयो ।

    चारओटा जिल्लामा भेला गरिसकेको र आठ ओटा जिल्लामा तमजमोका जिल्ला समिति बनाइसकेको बताउँदै उहाँले आफूहरू सम्पूर्ण तराईमा फैलिने योजना बनाएको जानकारी दिनुभयो ।

    मसालमा आबद्धता

    अन्तर्वार्ताको क्रममा अध्यक्ष आलमले आफू भैरहवामा कक्षा ९ मा पढ्दाखेरि नै वामपन्थी राजनीतिको सम्पर्कमा आएको बताउनुभयो ।

    भैरहवा सिद्धार्थनगरमा ट्युसन पढ्न जाँदा वा त्यहाँ रहँदा गुरु र विद्यार्थी सहपाठीको सङ्गतबाट आफू माक्र्सवादको प्रभावमा आएको उहाँको भनाइ थियो ।

    ‘माक्र्सवाद परिचयमालाजस्ता पुस्तक पढेपछि तथा मोहनविक्रम सिंहको विचार पढेसुनेपछि विपन्न वर्गको पार्टी मसाल नै रहेछ भन्ने लाग्यो । त्यसपछि म मसालको राजनीतिमा आबद्ध भएँ’ उहाँले भन्नुभयो ।

    बुटवलको विद्यार्थी राजनीति

    भैरहवापछि बुटवलको पोलिटेक्किल स्कुलमा अध्ययन गर्दा आफूले स्कुलस्तरीय राजनीतिक क्रियाकलापमा संलग्न रहेको उहाँले स्मरण गर्नुभयो ।

    ‘टेक्निकल इन्स्टिच्युटमा एक सय २० रुपियाँमा कमसल भात खुवाइन्थ्यो, जबकि त्यति बेला बाहिर बजारमा त्यति पैसामा दुई छाक भात खुवाइन्थ्यो’ विद्यार्थीकालीन राजनीति स्मरण गर्दै उहाँले भन्नुभयो– ‘हामीले यस विषयमा आन्दोलन उठायौँ । जुलुस निकालेर अञ्चलाधीशसमक्ष त्यो माग पुर्‍याइयो । प्रशासनले विद्यालयका प्रमुखलाई बोलाएर हाम्रो माग पूरा गरिदियो । यो मेरो राजनीतिक जीवनको पहिलो सफलता थियो ।’

    उहाँले त्यति बेला विद्यालयको खाद्यसामग्री खरिद गर्ने व्यवस्थापनमा विद्यार्थीका प्रतिनिधि राख्न माग राखेको पनि सम्झिनुभयो ।

    विद्यार्थी आन्दोलनको क्रममा कतिपय बेला निष्काशनमा समेत परेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘हामीले बुटवल पोलिटेक्निकल इन्स्टिच्युटलगायतका प्राविधिक विद्यालयलाई विश्वविद्यालयद्वारा सम्बन्धन दिइनुपर्ने माग राखेका थियौँ । त्यो माग पनि अहिले पूरा भएको छ ।’

    सामाजिक सद्भाव

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका आलमले इस्लाम धर्मावलम्बीहरू कम्युनिस्ट राजनीतिप्रति कमै आकर्षित हुने गरेको स्वीकार गर्नुभयो तर आफू भने विद्यार्थी राजनीतिदेखि नै वामपन्थी राजनीतितर्फ आकर्षित भएको बताउनुभयो ।

    अन्तर्वार्ताको क्रममा उहाँले इस्लाम धर्मको केही सकारात्मक पक्षबारे जानकारी दिनुभयो ।

    ‘इब्राहिमले व्यावहारिक उदाहरणद्वारा मूर्तिपूजाको विरोध गरे । अत्यधिक मदिरा सेवनलाई दुरुत्साहन गर्न दिनमा पाँचपटक नमाज पढ्ने प्रचलन चलाइयो’ उहाँले भन्नुभयो– ‘इस्लाम धर्मावलम्बीमा वर्षभरिको कुल कमाइ ढाइ प्रतिशत आय विपन्न वर्गका लागि छुट्याउनु आवश्यक छ ।’

    समग्र रूपमा भने धर्मले जनतालाई मुक्ति दिन नसक्ने बताउँदै उहाँले कार्ल माक्र्सले धर्मलाई अफिम भनेको जिकिर गर्नुभयो ।

    उहाँले आफू बसेको भैरहवामा सामाजिक सद्भावको अवस्था रहेको जिकिर गर्नुभयो ।

    ‘उदाहरणका लागि भैरहवामा इदमा हामीले हिन्दु धर्मावलम्बीलाई बोलाउँछौँ, दसैँतिहारजस्ता चाडपर्वमा हामीलाई बोलाइन्छ’ आफू बसेको स्थानको सामाजिक सद्भावबारे उहाँले जानकारी दिनुभयो ।

    भारतमा साम्प्रदायिक दङ्गा सामान्य भएको बताउँदै उहाँले नेपालमा भने अहिले पनि सामाजिक सद्भावको अवस्था रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामी जातपात वा धर्मको नाममा अल्झिनुहुँदैन ।’

    (अध्यक्ष आलमसँगको भिडियो अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=beOBPsaqntcवाच गर्र्नुहोला)

    शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.