• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप


  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • दार एस सलाम ।  तान्जानियामा हालै सम्पन्न चुनावपछि भड्किएको विरोध प्रदर्शनका केही दिनमै सरकारले २०० भन्दा बढी नागरिकमाथि देशद्रोहसम्बन्धी अभियोग लगाएको छ ।

    Advertisement

    एक वकिल र न्यायिक स्रोतहरूले ती सबै अभियुक्तलाई राजधानी दार एस सलामस्थित अदालतमा उपस्थित गराइएको जानकारी दिएका छन् ।

    निर्वाचन आयोगका अनुसार राष्ट्रपति सामिया सुलुहु हसनले अक्टोबर २९ मा सम्पन्न मतदानमा ९८ प्रतिशत मत प्राप्त गरी विजय हासिल गर्नुभएको थियो । तर, निर्वाचनमा भाग लिनबाट वञ्चित गरिएका विपक्षी दलहरूले सो नतिजालाई ‘पूर्णतः नौटङ्की’ भन्दै अस्वीकार गरेका छन् ।

    चुनावको दिन देशभरि प्रदर्शन र हिंसा सुरु भएको थियो । प्रत्यक्षदर्शी र स्रोतहरूले सयौँ नागरिक मारिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । सोही समयमा भएको एक दिन लामो इन्टरनेट अवरोधका कारण प्रमाणित जानकारी सार्वजनिक हुन सकेको थिएन ।

    शुक्रबार दार एस सलामको अदालतमा सयौँ प्रदर्शनकारीलाई हाजिर गराइएको थियो । वकिल पिटर किबाटालाले भन्नुभयो, “समग्रमा २५० भन्दा बढी यी सबै महिला र सज्जनहरू तीनवटा छुट्टाछुट्टै मुद्दामा संलग्न छन् र तिनीहरू सबैमाथि दुईवटा अपराधको आरोप लगाइएको छ ।” उहाँका अनुसार पहिलो आरोप ‘देशद्रोह गर्ने षड्यन्त्र’ र दोस्रो आरोप ‘प्रत्यक्ष देशद्रोह’ हो ।

    कम्तीमा २४० जनामाथि आधिकारिक रूपमा अभियोग दर्ता भइसकेको न्यायिक स्रोतहरूले पुष्टि गरेका छन् । विपक्षी दल चदेमाले भने चुनावपछिको हिंसामा कम्तीमा ८०० जनाले ज्यान गुमाएका दाबी गरेको छ । कूटनीतिक तथा सुरक्षा स्रोतहरूले पनि त्यो अनुमानलाई समर्थन गर्दै वास्तविक सङ्ख्या हजारौँ पुग्न सक्ने बताएका छन् ।

    अधिकारीहरूले हालसम्म मृतक वा घाइतेहरूको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न अस्वीकार गरेका छन् । यसैबीच, तान्जानियाली प्रहरीले विपक्षी दलका शीर्ष नेताहरूको खोजी तीव्र पारेको छ । प्रहरीका अनुसार महासचिव जोन मिनिका, उहाँका सहायक अमानी गोलुग्वा र प्रवक्ता ब्रेन्डा रुपियासहित १० जनालाई पक्राउ गर्न खोजिएको छ ।

    तान्जानियाका प्रहरी प्रवक्ता डेभिड मिसिमले शुक्रबार राति जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभयो, “हाम्रो अनुसन्धान र सङ्कलित प्रमाणका आधारमा यी व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाइएको छ । हामी सबैलाई तुरुन्तै प्रहरीसमक्ष आत्मसमर्पण गर्न अनुरोध गर्दछौँ ।”

    तान्जानियामा पछिल्ला वर्षहरूमा राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारमाथि नियन्त्रण बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । विपक्षीले भने सरकारमाथि असहमतिको स्वर दमन गर्न देशद्रोहको मुद्दा प्रयोग गरेको आरोप लगाएको छ ।

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • २.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ३.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ४.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ५.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    • ६.
      सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

    • ७.
      रास्वपा प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा

    • ८.
      बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.