• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

गलकोट नगर अस्पतालले भन्यो– सुत्केरी हुन अन्यत्र जानुनपर्ने


  •   बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ ।

    Advertisement

    सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नगरपालिकाले २०७९ पौस १७ गते गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी वडा नं ५ को हरिचौरमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिले वार्षिक ५० जना सुत्केरी हुन आउने गरेकोमा अहिले त्यो सङ्ख्या बढेर करिब २०० पुगेको नगर अस्पताल प्रमुख डा राजेश पौडेलले जानकारी दिनुभयो ।

    अस्पतालमा २०८१ असोज १६ गतेबाट शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि पछिल्लो समय सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको उहाँको भनाइ छ ।

    एक वर्षको अवधिमा ३५ जना गर्भवतीलाई शल्यक्रियामार्फत सुत्केरी गराइएको डाक्टर पौडेलले बताउनुभयो । गलकोटसँगै बागलुङको ढोरपाटन नगरापलिका, निसीखोला, ताराखोला, तमानखोला गाउँपालिकासहित गुल्मी र म्याग्दीका बिरामीले पनि यहाँबाट सेवा लिने गरेको डा पौडेल बताउनुहुन्छ ।

    “अस्पतालप्रति विश्वास बढेर होला पछिल्लो समय धेरै बिरामी यहाँ आउनुहुन्छ, बागलुङका मात्रै होइन अन्यत्र जिल्लाबाट पनि बिरामी यस अस्पतालमा आएर सेवा लिइ राख्नु भएको छ, पहिले सुत्केरी हुनका लागि धेरै गर्भवती बागलुङ, पोखरा पुग्ने अवस्था थियो” डा पौडेलले भन्नुभयो, “अहिले यही आउने गर्नु भएको छ, अझ गतवर्षदेखि हामीले शल्यक्रियानै गर्न थालेपछि त झन् धेरै गर्भवती सुत्केरी हुन यहाँ आउनुहुन्छ ।”

    टाढाबाट सुत्केरी हुन आउनेका लागि अहिले अस्पताल परिसरमै प्रसूति प्रतिक्षा घर सञ्चालनमा ल्याइएको छ । जहाँबाट सुत्केरी र सुत्केरीका आफन्तले अस्पतालमा बस्दासम्म खाने र बस्नेको सुविधा पाउने भएका छन् । अस्पतालमै खाना बस्नको सुविधा पाएपछि गर्भवती र उनका आफन्तलाई सहज भएको छ । अस्पतालमा घरकै जस्तो वातावरण रहेको बडिगाड गाउँपालिका–६ बाट बुहारीलाई सुत्केरी गराउन आउनु भएकी रुपा सुनारले बताउनुभयो । बुहारीको शल्यक्रिया गरेर नवजात शिशु निकालेको जनाउँदै आफू पाँच दिनदेखि अस्पतालमा रहेको प्रसूति प्रतिक्षा घरमै बस्दै आएको उहाँको भनाइ छ ।

    सुनारले भन्नुभयो, “यसभन्दा अगाडि अरु अस्पतालमा बिरामी भएर गएका थियौँ, त्यहाँ बस्ने, उभिने पनि ठाउँ पाएका थिएनौँ तर यहाँ त बासनै बस्न पाइने खाना पकाएर खान पाइने सुविधा रैछ, यहाँका डाक्टर र नर्सले पनि बिरामीको धेरै ख्याल गर्नु हुँदो रैछ, धेरै खुसी लाग्यो, यहाँको जस्तो सुविधा अरु अस्पतालमा भए कति सहज हुन्थ्यो होला र ?”

    अहिले अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् ।

    गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले नगर अस्पताल सञ्चालनमा आएपछि नागरिकले हजारौँ रकम खर्च गरेर टाढा जानु पर्ने बाध्याता हटेको बताउनुभयो । गाउँ ठाउँमै विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि नगरपालिकाले धेरै मेहनत गरेको उहाँको भनाइ छ । अब कोही पनि नागरिक पहिलेको जस्तो सामान्य उपचारका लागि पनि ठूला सहरमा जान नपर्ने प्रमुख गैरे बताउनुहुन्छ ।

    बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.