• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जापानमा पहिलोपटक महिला प्रधानमन्त्री निर्वाचित


  •   मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • टोकियो । जापानको संसद्मा भएको मतदानमा विजयी हुँदै सनाए तकाइची देशकी प्रथम महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।

    Advertisement

    राजनीतिमा आउनुअघि उनी टेलिभिजन कार्यक्रमकी प्रस्तोता र कुनै बेला ‘हेभी मेटल’ को एउटा साङ्गीतिक समूहकी सदस्य थिइन् । पछि उनी मन्त्री पनि बनिन् । अब उनीसमक्ष सुस्त गतिको अर्थतन्त्र, तलब नबढेको तर महँगीको मारमा परेका जापानी जनताका समस्या अनि न्यून जन्मदर र बढ्दो भूराजनीतिक तनावका पहाड छन् ।

    देशको कार्यकारीका रूपमा उनले जापान र अमेरिकाको सम्बन्ध अनि ट्रम्प प्रशासनसँग निवर्तमान सरकारले गरेको ट्यारिफसम्बन्धी सम्झौतासँग जोडिएका अनेकौँ व्यवहार गर्नुपर्नेछ ।

    उनको जन्म सन् १९६१ मा भएको हो । उनका बुवा कर्मचारी र आमा प्रहरी थिए । उनको लालनपालनमा राजनीति कतै पनि जोडिएको थिएन ।

    हेभी मेटल सङ्गीतमा लाग्दा उनी ड्रम बजाउँथिन् । धेरै ड्रम बजाउँदा भाँचिने भएकाले उनी आफूसँग धेरैओटा ‘स्टिक’ बोकेर हिँड्थिन् । उनी स्कुबा ड्राइभिङ पनि गर्थिन् र कारमा उनको धेरै रुचि थियो ।

    सन् १९८० को दशकमा जापान र अमेरिकाबिच हुने व्यापारमा तनाव उत्पन्न भएको बेलामा तकाइचीलाई राजनीतिमा जाने प्रेरणा प्राप्त भयो ।

    अमेरिकाले जापानलाई हेर्ने दृष्टिकोण बुझ्न उनले अमेरिकी डेमोक्र्याट सांसद प्याट्रिसिआ स्रोइडरको कार्यालयमा काम गरिन् । स्रोइडर जापानकी आलोचक थिइन् ।

    अमेरिकीले जापानी, चिनियाँ र कोरियाली भाषा र परिकार सबैलाई एउटै डालोमा राखेर हेर्ने गरेको थाहा पाइन् ।

    ‘जापानले आफ्नो रक्षा आफैँ गर्न नसकेसम्म जापानको भाग्य सधैँ अमेरिकाको सतही धारणाको छायामा पर्न सक्छ’ उनले निष्कर्ष निकालिन् ।

    उनी सन् १९९२ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनिन् तर पराजित भइन् । त्यसपछि अर्को वर्ष फेरि चुनाव उठिन् र जितिन् । सन् १९९० मा उनी एलडिपीमा प्रवेश गरिन् । उनी १० पटक सांसद निर्वाचित भएकी छन् भने एकपटक निर्वाचनमा पराजित भएकी छन् । उनी पार्टीभित्र प्रखर परम्परावादी नेतृका रूपमा चिनिन्छिन् ।

    उनले विभिन्न मन्त्रालयको नेतृत्व पनि गरेकी छन् । जापानमा उनी अहिलेसम्म सबैभन्दा लामो समय आन्तरिक मामिला र सञ्चार मन्त्रालय सम्हाल्ने व्यक्ति हुन् ।

    एलडिपीको नेतृत्वका लागि उनले सन् २०२१ मा प्रतिस्पर्धा गरिन् तर फुमिओ किसिदासँग पराजित भइन् । सन् २०२४ मा भएको आन्तरिक निर्वाचनमा उनी पहिलो चरणमा अग्रस्थानमा थिइन् तर पछि सिगेरु इसिवा पार्टीका नेता छानिए ।

    उनी तेस्रोपटकको प्रयासमा यसपालि एलडिपीको नेतृत्वमा पुगेकी छन् ।

    ‘मेरो लक्ष्य आइरन लेडी बन्नु हो’ उनले केही समयअघि स्कुले विद्यार्थीको एउटा समूहलाई भनेकी थिइन् ।

    तकाइची दिवङ्गत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी ‘शिष्या’ हुन् । उनले ‘आबेनोमिक्स’ अर्थात् आबेले अवलम्बन गरेको आर्थिक नीति फेरि लागु गर्ने र सार्वजनिक खर्च बढाउने तर सस्तोमा ऋण लिने वाचा गरेकी छन् ।

    तकाइची निकै परम्परावादी छिन् । उनले निकै लामो समयदेखि विवाहित महिलालाई माइतीको थर राख्ने दिने कानुनको विरोध गर्दै आएकी छन् । उक्त कानुनले परम्परा बिथोल्ने उनको तर्क छ । उनी समलिङ्गी विवाहको विपक्षमा छिन् ।

    ‘उनी आफूलाई जापानकी मार्गरेट थ्याचर ठान्छिन् तर आर्थिक अनुशासनमा उनी पटक्कै त्यस्ती छैनन्’ जापानस्थित टोक्यो युनिभर्सिटीका प्राध्यापक जेफ किङ्स्टनले भने– ‘तर थ्याचरजस्तै उनी मेलमिलाप गराउन सक्ने नेतृ होइनन् । उनले महिलालाई सशक्त बनाउन खासै केही गरेजस्तो मलाई लाग्दैन ।’

    ‘मैले जीवनमा तीनपटक आफैँले नर्सिङ र हेरचाह गर्ने कामको अनुभव बटुलेकी छु’ उनले भनिन्– ‘त्यसैले हेरचाह गर्नुपर्ने, बच्चाको हुर्काउनु/बढाउनुपर्ने वा विद्यालय जान नमान्ने बालबालिकाका कारण रोजगारी छोड्न बाध्य हुने मानिसको सङ्ख्या घटाउने मेरो सङ्कल्प अझ दृढ बनेको छ ।’

    उनी नियमित रूपमा विवादास्पद यासुकुनी मन्दिर जाने गर्छिन् ।

    उक्त मन्दिर युद्धका बेला मारिएका युद्ध अपराधीसहितका व्यक्तिको सम्मानमा बनाइएको हो ।

    उनले जापानको सेल्फ डिफेन्स फोर्सेसमाथि लगाइएको संवैधानिक प्रतिबन्ध खुकुलो पार्न पनि आह्वान गरेकी छन् । (बिबिसी)

    मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.