• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ सार्वजनिक


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • बेलबारी (मोरङ) । मोरङ बेलबारी मुकामका साहित्यकार ईरानराईको पछिल्लो कथासङ्ग्रह ‘चुडेल्नी’ लाई सार्वजनिक गरिएको छ ।

    Advertisement

    पूर्व सांसद तथा वरिष्ठ साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा २०८२ कात्तिक १ गते सगरमाथा इङ्ग्लिस स्कुलको सभाकक्षमा आयोजित कार्यक्रममाझ सो कथासङ्ग्रह सार्वजनिक भएको हो ।

    कार्यक्रममा विशिष्ट अतिथिहरू पूर्व सांसद तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, संविधानसभा सदस्य तथा साहित्यकार मधु गुरुङ, राष्ट्रियसभाका पूर्व सदस्य तथा साहित्यकार खेम नेपाली, बेलबारी पालिका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ कथाकार सरण राई एवम् आयोजक संस्थाका अध्यक्ष रमेश निरौला तथा कृतिकार ईरानराईलगायतले उक्त कृति सार्वजनिक गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि कुन्ता शर्माले भन्नुभयो– ‘श्रीमान् र श्रीमती एउटै कार्यालयमा कामदार भएर बराबरी खटे पनि घर पुगेपछि श्रीमतीले नै चियापानीको व्यवस्था गर्नुपर्ने हुन्छ । यस्तो विभेद कहिलेसम्म नारीले खप्ने, पुरुषले घरको काम गर्नै नहुने, कहिलेकाहीँ श्रीमान्ले श्रीमतीलाई चियापानीको व्यवस्था गर्दा हुँदैन ? यो लैङ्गिक विभेदलगायत सम्पूर्ण किसिमका विभेदहरूलाई हटाउनुपर्दछ र त्यसका लागि कृति अग्रसर रहेको बताउनुभयो ।

    उहाँले सो अवसरमा आफ्नो लोकप्रिय कविता ‘पोथी बास्नु हँुदैन’ वाचन गर्नुभएको थियो ।

    विशिष्ट अतिथि तामाङले कृतिले सिधा नाराका रूपमा नभएर रोचक कथाका रूपमा सामन्ती प्रथा र अन्धविश्वासका विरुद्ध कथालाई कृतिकारले अभिमुख गराएको बताउनुभयो ।

    समीक्षक मिश्र बैजयन्तीले लेखकले लैङ्गिक र सामजिक विभेदका विरुद्ध कथालाई सशक्त बनाएको बताउनुभयो ।

    बेलबारी नगरपालिकाका नगर प्रमुख राईले सङ्खुवासभाको सभा खोलामा मेला लाग्ने र त्यहाँ स्नान गरेमा भगवान्ले शरीरलाई शुद्ध बनाइदिने जनविश्वास रहेको, आफूले पनि उक्त खोलामा स्नान गरेको, स्नानपछि शरीर चङ्गा भएको स्मरण गर्दै त्यो चङ्गापन कुनै देवीदेवताले नभई अल्काइन पानी भएकोले भएको बताउनुभयो ।

    कार्यक्रममा खेम नेपाली, सरण राई, दङ्लाली कान्छा र विन्दु दहाल मूकदर्शकले कथासङ्ग्रहले लामो समयदेखि समाजमा रहेको अन्धविश्वास, विभेद, अन्याय र शोषणका विरुद्ध जनचेतना फैलाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो ।

    कृतिकार ईरानराईले ‘चुडेल्नी’ शीर्षकको कथासङ्ग्रह ४८/४९ सालमै प्रकाशित गर्न चाहेको तर नसकेको हुनाले अहिले प्रकाशन गरेको तथा प्रकाशित कथाले अन्धविश्वास र भ्रम हटाएर ती विषयमा थप अध्ययन–अनुसन्धान गर्नका लागि बहस प्रारम्भ गरेको बताउनुभयो ।

    कार्यक्रममा वडाध्यक्षहरू कृष्ण गुरुङ र सुनिता चौधरी, प्राज्ञ राम खरेल, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, बेलबारी नगरकी पूर्व उपाध्यक्ष तथा साहित्यकार तारा पराजुली, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली र जिल्ला अध्यक्ष यज्ञराज सुसेली, स्रष्टा समाजका अध्यक्ष जेबी थुलुङ, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, स्वर्णिम साहित्य समाज, बराहक्षेत्रका संस्थापक अध्यक्ष प्रकाश दिप्साली, कोसी साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशु विरही, अच्छा राई रसिक प्रतिष्ठानका अध्यक्ष केशव सुनाम, जेफाले साहित्य डबलीका संयोजक युवराज ठकुरी, रङ्गेली साहित्य समाजका सचिव चिरञ्जीवी काफ्ले, साहित्यकारहरू डिल्लीराम ओझा, पूर्व मेजर प्रेम गुरुङ, बादल चाम्लिङ, रमेन्द्र कोइराला, गोपाल निर्भीक, लीलानाथ सिलवाल, शैलेन्द्र घिमिरे, भवानीप्रसाद घिमिरे हुनुहुन्थ्यो ।

    कार्यक्रममा प्रयाग न्यौपाने, उमेश लुइँटेल, चूडामणि नेपाल अकिञ्चन, नवराज पोखरेल नवशिला, प्रिन्स प्रमोद ढकाल र चन्द्रकान्त भट्टराईले रचना वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा कृतिभित्रको ‘भूत’ शीर्षकको कथामै समेटिएको ‘न त हुन्छन् चुडेल्नी’ बोलको गीत शेखर थापामगरको सङ्गीतमा गायक सञ्जीव धिमालले गाउनुभएको थियो ।

    सङ्ग्रहमा किचकन्नी, चुडेल्नी, डङ्किनी, डाइनी, प्रेतात्मा, बोक्सी, बोक्सो, भूत, मुर्कुटा र राक्षसनी गरी दशओटा कथा सङ्गृहीत छन् ।

    कार्यक्रम प्रकाशकसमेत रहेको बेलबारी साहित्य समाजका अध्यक्ष निरौलाको अध्यक्षता, सचिव उमा सिँजापती र कोषाध्यक्ष शिव पराजुलीको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य रहेको थियो ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.