• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘जोगाऔँ नेपाल’ प्रगतिशील गीत विमोचन (अडियोसहित)


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नवीन बस्याल, थुमराज ढुङ्गाना र पम्फा बन्जाडेको रचना तथा स्वर रहेको ‘जोगाऔँ नेपाल’ प्रगतिशील गीत विमोचन भएको छ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले २०८२ असोज २९ गते बुधबार आयोजित भर्चुअल कार्यक्रममाझ सो गीतको विमोचन गर्नुभएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रस्तुत गीतले अहिलेसम्म भारत र ब्रिटिसका लागि रगत बगाउने गरेकोमा अब आफ्नो देशका लागि बहादुरी देखाउनुपर्ने भाव व्यक्त गरेको बताउनुभयो ।

    प्रवासी नेपालीमा देश छाड्नुपरेको पिर रहेको उल्लेख गर्दै उहाँले मुटुको एउटा कुनामा देशलाई पनि राख्नुपर्ने बताउनुभयो ।

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहले उक्त गीतको समीक्षा गर्नुभएको थियो ।

    कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, समाजकै महासचिव खुम रायमाझी, जापान नेपाली एकता समाजका अध्यक्ष दण्ड केसी, जापान नेपाली एकता समाजकै हेमलाल गौतम, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेल, मूल प्रवाहकै केन्द्रीय सदस्य खिमराज चालिसे र प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगरले शुभकामना दिनुभएको थियो ।

    अन्पाका उपाध्यक्ष रामदेव पाण्डेको अध्यक्षता तथा महासचिव भीष्म जोशीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा गीतको बारेमा सर्जकहरू थुमराज ढुङ्गाना र नवीन बस्यालले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा देश र प्रवासका विभिन्न सङ्गठनका नेता, कार्यकर्ता, दर्शक तथा स्रोताको उपस्थिति रहेको थियो ।

    यस्ता छन्, गीतको शब्द

    विदेशी भूमि रङ्गियो सारा नेपाली रगत
    अस्तित्व देशको मेटिन लाग्यो जोगाऊँ अब त
    न बगाऊ विदेशमा रगत
    जन्म भूमि जोगाऊँ अब त

    के हेर्छौं युवा नेपाली भूमि सिमाना मिचिदा
    सहन्छौँ कति मुटुझैँ प्यारो यो देश टुक्रिँदा
    ब्युँझ उठ सिमाना मिचिँदा
    अखण्ड यो नेपाल टुक्रिँदा

    गुराँस फुल्ने पहाडी पाखा वेशीमा बुकी फूल
    विलय हुन्छ नजागे नेपाल नगरौँ अब भुल
    लेकमा गुराँस बेसीमा बुकी फूल
    जोगाऔँ नेपाल नगरौँ अब भुल

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.