घोराही (दाङ) । रक्तिम सांस्कृतिक अभियानले दाङको घोराहीमा प्रगतिशील देउसीभैलो खेल्ने भएको छ ।
२०८२ असोज २२ गते बुधबार सम्पन्न रक्तिम घोराही नगर समितिको बैठकले सो निर्णय गरेको हो ।
भैलो कात्तिक ४ गतेदेखि सुरु हुनेछ । नगर अध्यक्ष उत्सव पुनका अनुसार भैलोको तयारीका लागि असोज २९ गतेदेखि रिहर्सल सुरु गरिने रक्तिमले जानकारी दिएको छ ।
बैठकमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला समितिका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, राजमो जिल्ला सदस्य मेघराज भट्टराई र राजमो घोराही नगर समितिका अध्यक्ष तथा रक्तिमका इन्चार्ज मनिराम खनालको आतिथ्य रहेको थियो ।
देउसीभैलोमार्फत् समाजमा भएका विकृति–विसङ्गतिका विरुद्ध जनवादी तथा प्रगतिशील संस्कृतिलाई जनतामाझ पुर्याउने तथा अस्थिर राजनीति, अराजकताका विरुद्धमा जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकले जानकारी दिएको छ ।
