• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

नेपाली सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक भएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकांक्षासहित औपचारिक यात्रा सुरु भएको बताइएको छ ।

    Advertisement

    व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्‌नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताएका छन् ।

    अग्रहरिका अनुसार ग्लोबल डायरी नेपालको माटो मै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको छ ।

    नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको अग्रहरिको भनाइ छ ।

    नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिएका छन् ।

    अर्यालका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्‌नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।

    व्यक्तिहरूले आफ्‌नो सीप, उपलब्धिहरूको संकलन (पोर्टफोलियो), उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी र स्वतन्त्र पेसागत (फ्रिलान्स) अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।

    साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली र भर्ती (हायरिङ) मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउछन् । साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उनले जानकारी दिए ।

    यस प्लेटफर्ममा एआई–चालित सुझाव प्रणाली भएकाले नेटवर्किङ, रोजगारी वा व्यवसाय वृद्धि लागि उपयुक्त अवसरहरू सिफारिस गर्न, व्यक्तिहरू, व्यवसाय र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्ने सुविधा प्राप्त गर्न सकिनुका साथै व्यवसायहरूका लागि डिजिटल मार्केटिङ, विज्ञापन र ग्राहक संलग्नता उपकरण, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रदर्शन, पहुँच र प्रभाव मूल्याङ्कन गर्ने सुविधा पनि प्राप्त गर्न सकिन्छ । सजिलै सम्पर्क, प्रोफाइल र सेवा साझा गर्न क्युआर कोड आदानप्रदान गर्न, व्यवसाय र व्यक्तिहरूले आफ्‌ना सेवा वा उत्पादनहरू सूचीबद्ध गर्न, नयाँ अवसर, समाचार वा सूचना सही समयमा प्राप्त हुने सुविधा उपलब्ध हुन सक्दछ ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.