• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जनजाति सम्मेलन नवलपरासीको अधिवेशन सम्पन्न


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • परासी । अखिल नेपाल जनजाति सम्मेलन नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८२ असोज ३ गते शुक्रकार सो अधिवेशन सम्पन्न भएको हो ।

    फूलको गमलामा पानी हालेर उद्घाटन गर्दै अध्यक्ष केसीले देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो ।

    सत्ताधारी दलको विकृति, विसङ्गतिको घानमा नेपाली जनता परेको बताउँदै उहाँले जेनजीले उठाएको माग राष्ट्रिय जनमोर्चाले पहिलेदेखि नै उठाइरहेको बताउनुभयो ।

    भ्रष्टाचार नेपालको गम्भीर समस्या भएको बताउँदै उहाँले अब आउने नयाँ सरकारले पनि त्यसलाई निमूल पार्ला भन्ने आफूलाई विश्वास नभएको बताउनुभयो ।

    अधिवेशनलाई जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदी, राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी, राजमो नवलपरासीका कोषाध्यक्ष गिरीराज ज्ञवाली, रक्तिम सांस्कृतिक अभियान नवलपरासीका अध्यक्ष मेघराज गौतम, अखिल नेपाल किसान महासङ्घ (अप्फा) नवलपरासीका अध्यक्ष जितबहादुर पौडेल शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा नवलपरासीस्थित जनजाति सम्मेलनका ८० वर्ष उमेरसमूह पार गर्नुभएका ज्येष्ठ सदस्यहरू वर्ष ८९ का हरिप्रसाद थापा र वर्ष ८८ हीराबहादुर राहादीलाई प्रमुख अतिथि केसीले दोसल्ला ओढाएर, जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष बुढाथोकीले अबिरटिका लगाएर र कार्यक्रमका अध्यक्ष शेरबहादुर सूर्यवंशीले पुष्पगुच्छा दिएर सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका कलाकारहरूले स्वागतगीत प्रस्तुत गर्नुभएको थियो ।

    उद्घाटनसत्र जनजाति सम्मेलन नवलपरासीका अध्यक्ष शेरबहादुर सूर्यवंशीको अध्यक्षता, मनरूपा रानाको सञ्चालन र जिल्ला कोषाध्यक्ष कृष्ण थापाको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

    बन्दसत्र

    अधिवेशनको बन्दसत्र इन्द्रकुमारी रोक्का, कुलबहादुर तारामी र मनरूपा रानाको अध्यक्षमण्डल गठनसँगै अघि बढेको थियो ।

    कार्यक्रममा शेरबहादुर सूर्यवंशीले राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    त्यस्तै अधिवेशनले आगामी कार्यक्रम र समसामयिक प्रस्तावसमेत पारित गरेको थियो ।

    अध्यक्षमा सूर्यवंशी

    पाँचौँ अधिवेशनले शेरबहादुर सूर्यवंशीको अध्यक्ष रहनुभएको नौ सदस्सीय जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा जुगलाल बुढामगर, सचिवमा कुलबहादुर तारामी, सहसचिवमा मनरूपा राना र कोषाध्यक्षमा कृष्णबहादुर थापा रहनुभएको छ ।

    त्यस्तै सदस्यमा यमबहादुर थापा, हर्कध्वज लिम्बू, प्रेम थापा र लक्ष्मी राना तथा सल्लाहकारमा इन्द्रकुमारी रोक्का र युगबहादुर पुन रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    {“capture_mode”:”AutoModule”,”faces”:[]}

    {“capture_mode”:”AutoModule”,”faces”:[]}

    {“capture_mode”:”AutoModule”,”faces”:[]}

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.