• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विदेशबाट नेपालीको उद्धार सँगै रोकिएका शव पनि ल्याउन थालियो


  •   शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न सुरु गरेसँगै नेपालीहरु स्वदेश फर्कन थालेका छन् ।
    शुक्रबार मात्रै संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट १ सय ४८ जना यात्रु लिएर नेपाल एअरलाइन्स काठमाडौं आइपुगेको छ । यूएईमा समस्यामा परेका नेपालीलाई लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

    Advertisement

    फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । १० जना बिभिन्न रोगका कारण बिरामी र १० जना रोजगारदाता भागेपछि अलपत्र परेका श्रमिक र ३ जना ज्येष्ठ नागरिकसमेत रहेका छन् ।

    गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् । फर्कने सबैजनाको विमानस्थलमा कोरोना जाँच गरिएको छ ।

    रोकिएका शव पनि ल्याइँदै
    यस्तै, जहाजमा एक जनाको शव पनि ल्याइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव ल्याइएको हो ।

    नेपालीको उद्धारका लागि उडान सञ्चालन भएसँगै विभिन्न कारणले मृत्यु भएर लामो समय रोकिएका नेपालीको शव पनि ःयाउन थालिएको छ । आजै २० जना नेपालीको शव नेपाल ल्याइँदैछ ।

    वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ ।

    यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ।

    यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्‍याइदिने छ ।

    शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछन् ।

    यसअघि जजिराले बिहीबार पनि दुईवटा शव ल्याएको थियो । कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव रोकिएका थिए ।

    साउदीमा मात्रै ७५ नेपालीको शव
    विभिन्न देशमा मृत्यु भएका नेपालीको शव लकडाउनका कारण ल्याउन सकिएको छैन । साउदी अरबस्थित नेपाली दूतावासका अनुसार साउदीमा मात्रै ७५ नेपालीको शव रहेका छन् । यीमध्ये केही शव साउदीमै अन्त्येष्टि गर्न परिवारले लिखित सहमती दिएका छन् ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार शुक्रबारसम्म साउदीमा ९ जना नेपाली नागरिकको कोरोनाका कारण ज्यान गएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार मलेसियामा १५ नेपालीको शव रहेको छ भने यूएईमा ११, कतारमा ८ र कुवेतमा ६ जना नेपालीका शव रोकिएका छन् । सेसल्स, पोर्चुगल र दक्षिण कोरियाबाट पनि एकएक जनाको शव ल्याउन सकिएको छैन ।
    उडान सुरु भएसँगै रोकिएका शव नेपाल ल्याउन थालिएको छ । कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव भने नेपाल नल्याइने पर्यटन बोर्डले जनाएको छ।

    शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.