• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मोहनविक्रम सिंहको द्वैभाषिक कवितासङ्ग्रह ‘युगनृत्य’ विमोचित


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको द्वैभाषिक कवितासङ्ग्रह ‘युगनृत्य’ विमोचन भएको छ ।

    २०८२ भदौ १९ गते शुक्रबार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सो कवितासङ्ग्रह विमोचन भएको हो ।

    नेपाल वन प्राविधिक सङ्घको आयोजनामा सङ्घकै सभाकक्षमा सम्पन्न सो कार्यक्रममा कम्युनिस्टको अन्तिम लक्ष्य समाजवाद र साम्यवाद भएको बताउँदै सिंहका कविता त्यसैका लागि समर्पित रहेको धारणा राख्नुभयो ।

    ‘अहिले दैत्यले जित्ने र देवताले हार्ने गरेको समय हो’ उहाँले भन्नुभयो– ‘तर अन्याय, अत्याचारका विरुद्ध लागिरहनुपर्दछ, जित अवश्य पनि न्यायको हुनेछ ।’

    कार्यक्रममा मन्तव्य राख्दै लेखक सिंहले आफूले गत ७० वर्षमा लेखेको कविताको द्वैभाषिक कवितासङ्ग्रह प्रकाशन भएकोमा हर्ष व्यक्त गर्नुभयो ।

    ‘मैले जुन लक्ष्य लिएर जीवन सुरु गरेँ, त्यसमा म अहिले पनि इमानदार छु । कवितामा त्यही विचार व्यक्त भएका छन्’ उहाँले भन्नुभयो ।
    आलोचकले आफूलाई असफल व्यक्तित्वको आरोप लगाएको प्रसङ्ग जोड्दै उहाँले त्यसको खण्डन गर्नुभयो ।

    ‘आलोचकले मलाई असफल व्यक्तित्व ठान्ने गरेका छन् किनकि म मन्त्री बन्न सकिनँ, ठुलो पद पाउन सकिनँ, सुविधा प्राप्त गर्न सकिनँ’ उहाँले भन्नुभयो– ‘तर जुन लक्ष्यका साथ मैले राजनीति सुरु गरेको थिएँ, त्यो लक्ष्यमा म अहिले पनि खटिरहेको छु । त्यो नै मेरो सफलता हो ।’

    उहाँले व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थ जटिल र एकआपसमा विरोधी विषय भएको बताउँदै उहाँले आफूले सामाजिक स्वार्थलाई प्रमुखता दिएको दाबी गर्नुभयो ।

    निस्वार्थ स्वार्थको प्रसङ्गमा उहाँले आफ्नै उपन्यास ‘कामरेड जलजला’ को उदाहरण प्रस्तुत गर्नुभयो– ‘कामरेड जलजला उपन्यासमा भनिएको छ, जुन दिन संसार आमामय हुनेछ, त्यही दिन संसार सुखमय पनि हुनेछ ।’

    जसरी आमाले निस्वार्थ आफ्ना सन्तानको माया गर्दछिन्, त्यही प्रकारले जनताको सेवा गर्न सकिएमा मात्र समाज सुखी हुने तर्क उहाँको थियो ।

    वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णको अध्यक्षता तथा महासचिव गोविन्द दाहालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सर्वप्रथम प्रमुख अतिथि भण्डारी र लेखक सिंहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    प्रमुख अतिथि भण्डारीले आवरण देखाएर पुस्तकको विमोचन गरेसँगै व्यक्तित्व र कृतित्वबारे साहित्यकार नरेन्द्रकुमार गुरागाईं ‘पराशर’ ले जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा कविताका अङ्ग्रेजी अनुवादक विन्देश्वर पटेल र अर्का साहित्यकार यज्ञनाथ दाहालले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सल्लाहकार कमल चौधरी, जनशिक्षा गृहकी अध्यक्ष दुर्गा पौडेल, वन प्राविधिक सङ्घका पूर्व अध्यक्ष शेखर यादव, सङ्घकै गोविन्द पाण्डेलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा कवितासङ्ग्रहभित्रको ‘म बाध्य छु’ शीर्षकको नेपाली र अङ्ग्रेजी भाषामा वाचन गरिएको थियो ।

    जनशिक्षा गृहले प्रकाशन गरेको सो कवितासङ्ग्रहमा २७ ओटा कविता समेटिएका छन् । पुस्तकमा सबै कविताको अङ्ग्रेजी अनुवाद सँगै राखिएको छ ।

    सङ्ग्रहमा पहिलो कविता २००८ सालमा लेखिएको ‘म बाध्य छु’ रहेको छ भने पछिल्लो कविता २०३६ सालमा लेखिएको ‘गङ्गाकावेरी एक्सप्रेस’ लाई समेटिएको छ ।

    डिमाइ आकारको उक्त पुस्तक एक सय चार पृष्ठको तगा मूल्य एक सय ६० रुपियाँ तोकिएको छ ।

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.