काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहका कविताको द्विभाषी संस्करण ‘युगनृत्य’ (In tune with time) कवितासङ्ग्रह आगामी भदौ १९ गते बिहीबार विमोचन हुने भएको छ ।
Advertisement
जनशिक्षा गृह, काठमाडौँले प्रकाशित गरेको सो पुस्तक नेपाल वन प्राविधिक सङ्घ NFA को सभाहल, वन परिसर बबरमहलमा विमोचन हुन थालेको हो ।
कार्यक्रम दिउसो २ बजे आयोजना गरिएको जनशिक्षाकी अध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
पुस्तकमा सिंहका हालसम्म उपलब्ध कविताको नेपाली र अङ्ग्रेजी भाषामा रूपान्तरण प्रस्तुत गरिएको छ ।

