काठमाडौँ । चितवनमा अखिल नेपाल महिला सङ्घले प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय अध्यक्ष मीना पुनको प्रमुख आतिथ्यमा २०८२ भदौ ५ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष पुनले तिजलाई परम्परागत प्रकारले नभएर प्रगतिशील प्रकारले मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले तिजी गीतमा पनि शोषण, दमनको विरोधका साथै समाज रूपान्तरणको भाव आउनु आवश्यक रहेको जिकिर गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री र नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
बालकुमारी आचार्यको अध्यक्षतामा माया पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई चन्द्रा केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भोजन ग्रहण, शुभकामना आदानप्रदान र नाचगानजस्ता कार्यक्रम पनि सम्पन्न भएका थिए ।

