• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय नेपाली एकता समाज भन्छः विदेशबाट नागरिक ल्याउँदा पैसा हैन, समस्या हेर


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशबाट नेपालीलाई ल्याउँदा सरकारले साविक भन्दा बढी भाडा तोकेको भन्दै आक्रोश व्यक्त गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशमा विभिन्न कारणले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष दुर्गाबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा ढिलै भए पनि नेपाल सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेकोमा स्वागत गर्दै जहाजभाडा एकतर्फी प्रचलित दररेटअनुसार कायम गर्न माग गर्नुभएको छ ।

    यस्तै, विमारी, लामो समयदेखि नोकरी छुटेर वा सम्बन्धित देशको कानुनअनुसार अवैधानिक भई अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोष वा सरकारको अन्य श्रोतबाट निःशुल्क स्वदेश फिर्ता ल्याउन र नेपाल फर्काउनुपूर्व पिसिआर टेस्टको प्रावधानलाई कडाइपूर्वक लागु गर्न पनि एकता समाजले आग्रह गरेको छ ।

    यस्तो छ, विज्ञप्तिः
    सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको छ, त्यसमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको ध्यानाकर्षण भएको छ । अहिले विदेशमा रहेका नेपाली पनि आफ्नै नागरिक हुन् । उनीहरूले पठाउने रेमिट्यान्सले राष्ट्रिय आयमा योगदान पु-याइरहेको, गरिबी न्यूनीकरणमा सहयोग पु-याएको र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष योगदान पु-याउँदै आएको सर्वविदितै छ ।

    अहिले कोरोना सङ्क्रमणका कारण अलपत्र परेका ती विदेशस्थित नेपाली नागरिकप्रति सरकार उत्तरदायी वा जवाफदेही हुनुपर्ने आवश्यकता आफैमा प्रष्ट छ । त्यसकारण सङ्कटको यस घडीमा विदेशस्थित नेपाली नागरिकप्रति सरकार गम्भीर, संवेदनशील र उत्तरदायी हुन आग्रह गर्दछौँ । त्यसका साथै निम्न समसामयिक विषयहरूमा सङ्गठनको धारणा सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    १. ढिलै भए पनि नेपाल सरकारले विदेशस्थित नेपाली नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेकोमा अन्तर्राष्ट्रिय नेपाली एकता समाज त्यसको स्वागत गर्दछ । त्यसका साथै निम्नलिखित विषयमा ध्यान दिन सरकारसित आग्रह गर्दछ:

    क. सरकारले तेस्रो मुलुकबाट नेपालीलाई फिर्ता ल्याउन हवाइजहाजको दोहोरो भाडा निश्चित गरेको छ । त्यसले गर्दा विपन्न तप्काका तथा अलपत्र नेपालीले जहाजभाडा भुक्तानी गर्न सक्ने छैनन् । त्यसकारण जहाजभाडा एकतर्फी प्रचलित दररेटअनुसार कायम गरिनुपर्दछ ।

    ख. विमारी, लामो समयदेखि नोकरी छुटेर वा सम्बन्धित देशको कानुनअनुसार अवैधानिक भई अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार कल्याणकारी कोष वा सरकारको अन्य श्रोतबाट निःशुल्क स्वदेश फिर्ता गरिनुपर्दछ । तेस्रो देशका लाखौँ नेपाली भित्राउँदा सरकारले निर्धारण गरेको प्राथमिकता क्रमलाई हामी स्वागत गर्दछौँ । सोही प्राथमिकतानुसार बिरामी, चार महिनाभन्दा बढी समयका गर्भवती, आफन्त गुमाएका शोकसन्तप्त र गम्भीर रोगका बिरामीलाई पहिला ल्याउनु उचित हुने छ ।

    ग. ती नागरिकलाई फर्काउनुपूर्व पिसिआर टेस्टको प्रावधानलाई कडाइपूर्वक लागु गर्न अनुरोध गर्दछौँ । त्यसका लागि सम्बन्धित देशसित कूटनीतिक पहलकदमी गरेर सरकार आफैले पिसिआर टेस्टको व्यवस्था मिलाउनुपर्दछ ।

    घ. नेपाल आइसकेपछि स्थानीय निकायको क्वारेन्टाइनसम्म पुग्न यातायातको व्यवस्था पनि निःशुल्क गर्न हामी अनुरोध गर्दछौँ । त्यसका साथै क्वारेन्टाइनको गुणस्तर सुधार गर्न हामी सरकार र स्थानीय प्रशासनसँग अनुरोध गर्दछौँ ।

    २. देश कोरोना सङ्क्रमणमा पिल्सिरहेका बेला पनि सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न प्रयासरत छ । पहिले आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा र पछि बजेटमा एमसिसीसित सम्बन्धित परियोजना सामेल गरेबाट सरकारको त्यो प्रयासको पुष्टि हुन्छ । एमसिसी अमेरिकाको हिन्दप्रसान्त रणनीति (आइपिएस) को अङ्ग भएको अवस्थामा त्यसलाई समर्थन गर्दा नेपालको राष्ट्रिय सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिमाथि आघात पुग्ने हुनाले सो नीतिको देशविदेशमा देशभक्त शक्तिहरूले विरोध गरिरहेका छन् । हामी एमसिसी विरुद्ध देशभक्त शक्तिहरूको उक्त आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्न चाहान्छौँ ।

    ३. सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा सार्वजनिक गरिसकेको छ । उक्त नक्सा संविधानको अनुसूचि र निशान छापमा राख्न सरकारले दोस्रो संविधान संशोधन संसदमा दर्ता गरेको छ । हामी सरकारको उक्त कदमको समर्थन गर्दछौँ । त्यसैगरी संविधान संशोधन गर्नुका साथै हामी भारतसित तत्कालै उच्चस्तरीय कूटनीतिक वार्ता मार्फत् अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दछौँ ।

    ४. देशमा अहिले पनि रुकुम पश्चिमको चौरजहारीजस्ता जातीय भेदभावसित सम्बन्धित घटना घटिरहेका छन् । देश छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेको र जातीय भेदभाव विरुद्ध संविधान र ऐनकानुनमा समेत उल्लेखनीय व्यवस्था भइसकेको अवस्थामा यस्तो घटना घट्नु दुःखद छ । हामी मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको उपचारको व्यवस्था गर्दै घटनाको निस्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग गर्दछौँ ।

    ५. भारतबाट नेपालीहरू घर फर्कने क्रममा कतिपय स्थानमा दुर्घटना भएका छन् । हामी दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति समवेदना र घाइतेको उपचार गर्न माग गर्दछौँ । त्यसका साथै उनीहरूको सुरक्षित नेपाल फिर्ताको व्यवस्था मिलाउन आवश्यक पहलकदमी गर्न पनि माग गर्दछौँ । एवम् प्रकारले भारतस्थित नेपालीहरू नेपाल फर्कने क्रममा बाटैमा बिरामी पर्ने, भारत वा नेपालका क्वारेन्टाइनको गुणस्तर कमजोर भएकाले थप बिरामी हुने र टेस्टको सर्वसुलभ व्यवस्था नभएकोप्रति पनि आवश्यक ध्यान दिन नेपाल र भारतका सरकारसित आग्रह गर्दछौँ ।

    ६. अहिले सम्पूर्ण विश्व कोरोना भाइरसको महामारीमा छ । यस्तो अवस्थामा उच्च मनोबल कायम राख्दै लकडाउन कार्यान्वयन गर्न तथा आवश्यक सतर्कता र सरसफाइप्रति उचित ध्यान दिन विश्वभरिका नेपालीसित आग्रह गर्दछौँ ।

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.