• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक


  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ ।

    Advertisement

    साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान, अभिनेता सरोज खनालले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।

    पूर्वप्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायापालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सिर्जनामा समेटिएको बताउनुभयो ।

    “न्याय दिने संस्था अपरिहार्य छ, न्यायको अन्तिम आशाको केन्द्रविन्दु न्यायालय नै हो”, उहाँले भन्नुभयो, “न्यायालयका कुरा आम जनतामा ल्याउनु पनि साहसको विषय हो, जुन वाग्लेले गर्नुभयो ।”

    न्यायालय प्राविधिक क्षेत्रको भएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ, महाअभियोग लगाउने धम्की आउँछ, राम्रो काम गर्छु भन्दा पनि कठिन छ ।” उपन्यासमा सरल भाषाशैली, सान्दार्भिक उखान टुक्काको प्रयोग गरिएको र राम्रा शब्द चयन गरिएको उहाँको भनाइ थियो ।

    न्यायाधीश खतिवडाले उपन्यासमा न्यायिक क्षेत्रको सिंगो जीवन समेटिएको र जीवनका उकाली, ओराली, हाँसो, पीडा सबै समेटिएकाले जीवन्त भएको बताउनुभयो ।

    “उपन्यासमा ६० प्रतिशत वास्तविकता र ४० प्रतिशत काल्पनिक छ”, उहाँले भन्नुभयो, “सौरव भन्ने मूल पात्रले न्यायालयमा प्रवेश गर्छ, इमान्दर भएर काम गर्छ, तर अन्तिममा महाअभियोग लगाइन्छ ।” उहाँले उपन्यास मीठा शब्द र उत्कृष्ट भाषाको प्रयोग लेखिएको राम्रो कृति भएको बताउनुभयो ।

    शारदा मासिकका सम्पादक बिमल रोक्काले उपन्यास पढ्नका लागि निकै उपयोगी र जीवन्त भएको बताउनुभयो । अभिनेता खनालले न्यायका लागि मानिसहरु न्यायालय जानैपर्ने र न्यायलयभित्र कस्तो कस्तो अभ्यास भइरहेको छ भन्ने कुरा कृतिमा प्रष्ट भएको बताउनुभयो ।

    वरिष्ठ समालोचक प्रधानले उपन्यासको माध्यमबाट जीवनमा सम्झन र बिर्सन लागक घटनाहरुको संगालो प्रस्तुत गरेको र न्यायसँग सम्बन्धित लेखनीय पाटो सुन्दर भएको अनुभव सुनाउनुभयो ।

    उपन्यासकार वाग्लेले आफूले न्यायालयमा २५ वर्ष बिताउँदाका अनुभवलाई कृतिमार्फत बाहिर ल्याउने प्रयास गरेको जानकारी गराउनुभयो । साहित्यक पत्रकार सङघका अध्यक्ष राधेश्याम लेकालीले न्याय पाउनका लागि विश्सनीय र अन्तिम स्थान न्यायालय भएको र त्यसको महत्व उपन्यास पाउन सकिने भनाइ राख्नुभयो ।

    आइतबार, साउन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.