• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कविता प्रतियोगिता तथा ‘अमरज्योति’ लोकार्पण कार्यक्रम


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो चालिसौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा कविता प्रतियोगिता तथा साहित्यिक पत्रिका ‘अमरज्योति’ को लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    २०८२ साउन २३ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमितिअन्तर्गतको कविता प्रतियोगिता सञ्चालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम विद्युत् प्राधिकरणको प्रधान कार्यालयस्थित रुफटप हलमा आयोजना गरिएको थियो ।

    नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा विद्युत्कर्मी साहित्यिक समाजका अध्यक्ष एवम् कविता प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक विष्णु आचार्य ‘अतृप्तॅ को अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा विभिन्न भावभूमिका ४१ ओटा कविता प्रतियोगिताका लागि प्राप्त भएका थिए ।

    प्रतियोगिताको निर्णायकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, मधुपर्क साहित्यिक मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्ले तथा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव शान्ति सापकोटा हुनुहुन्थ्यो ।

    प्रतियोगितामा अनिल पौडेलको ‘ह’ तार कविताले प्रथम, सागर ज्ञवालीको ‘एक क्षण एक संसार’ द्वितीय र प्रकाश काफ्लेको ‘नभेटिएको म’ कविता तृतीय स्थानमा छनोट भएका थिए । त्यस्तै नारायण रेग्मीको ‘बिजुलीको तार’ र उमा न्यौपानेको ‘नेपालझैँ अधिक सुन्दर देश छैन’ शीर्षकका कविताले प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका थिए ।

    कार्यक्रममा विद्युत्कर्मी साहित्यिक समाजको नियमित प्रकाशन ‘अमरज्योति’ साहित्यिक त्रैमासिकको सत्सट्ठिऔँ अङ्क (वार्षिकोत्सव कविता विशेषाङ्क–२०८२) लोकार्पण गरिएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा प्रमुख अतिथि कोइरालाले प्राधिकरणका कर्मचारीहरू करेन्टसँग खेल्दाखेल्दै झड्का पैदा गर्ने खालका कविता लेखनमा अभ्यस्त भएको देख्दा आफूलाई खुसी लागेको विचार व्यक्त गर्नुभयो ।

    समारोहमा विशेष अतिथिको रूपमा शुभकामना मन्तव्य राख्दै प्राधिकणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो खालको कार्यक्रमले कर्मचारीमा नयाँ ऊर्जा पैदा गर्ने विश्वास प्रकट गर्नुभयो ।

    कार्यक्रमको निर्णायक मण्डलका सदस्यका साथै विद्युत्कर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुली, पूर्व अध्यक्षहरू केशव रूपाखेती, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ र कृष्णदेव रिमाल ‘शब्दसेना’ ले कविता वाचन गर्नुभएको थियो ।

    रचना वाचन गर्ने अन्य अग्रजमा शिशिर थापा, राजन ऋषि कँडेल, तुलसीप्रसाद सापकोटा, लक्ष्मण मण्डल, विमल गुरुङ, रिता खत्रीलगायतका स्रष्टा हुनुहुन्थ्यो ।

    कार्यक्रममा वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक फणिन्द्रराज जोशी, सदस्यसचिव गोपालप्रसाद पाठक, विद्युत्कर्मी साहित्यिक समाज आठौँ कार्यसमितिका पदाधिकारी, प्राधिकरणका उच्चपदस्थ अधिकृत, क्रियाशील ट्रेड युनियनका अध्यक्ष/प्रतिनिधि, प्राधिकरणका पूर्व कर्मचारी, पत्रकारसमेतको उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथि एवं निर्णायक मण्डलका सदस्यलाई कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशक शाक्य, वार्षिकोत्सव मूल समारोह प्रबन्ध समितिका संयोजक दीर्घायुकुमार श्रेष्ठ र उपकार्यकारी निर्देशक तुलाराम गिरीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित अतिथिलाई विद्युत्कर्मी साहित्यिक समाजकी सदस्य सङ्गीता अधिकारी पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव कवि/गीतकार युवराज शर्माले गर्नुभएको थियो ।

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.