• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कैलाली कारागारभित्रको घटनाप्रति राजमोको ध्यानाकर्षण


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कैलाली कारागारभित्र हिंसात्मक झडपप्रति राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

    Advertisement

    २०८२ श्रावण २४ गते एक वक्तव्य जारी गरी भट्टले हिंसात्मक झडपलाई सरकारले घटनालाई गम्भीरतापूर्वक लिई कारागार प्रशासन, गृह मन्त्रालय तथा गृह मन्त्रालय सम्बद्ध निकायले सतर्कता नअपनाएकोप्रति राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले दुःख व्यक्त गरेको छ ।

    कारागार जस्तो संवेदनशील तथा सरकारको प्रत्यक्ष पहुँच तथा नियन्त्रण भएको निकायमा समेत आपराधिक गिरोह सङ्गठित भएर आपराधिक क्रियाकलाप सञ्चालन गर्न एक प्रकारले छुट दिनु र त्यसलाई कडाइपूर्वक रोक्न सरकारले कुनै ध्यान दिन नसक्नुको परिणाम हिंसात्मक घटना घटेको राष्ट्रिय जनमोर्चाको ठहर छ ।

    त्यस्तै उक्त घटनाको आवश्यक छानबिन गर्न न्यायिक समिति गठन गरिनु पर्नेमा राष्ट्रिय जनमोर्चाले जोड एिको छ । साथै घटनामा मृत्यु भएका कैदी बन्दीको परिवारलाई आवश्यक क्षतिपूर्तिको समेत माग गरेको छ ।

    वक्तव्यमा लेखिएको छ :

    ‘कैलाली कारागारभित्र २०८२ श्रावण २३ गते कैदी बन्दीका बिच भएको हिंसात्मक झडपप्रति राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

    १. कैलाली कारागारभित्र कैदी बन्दीहरूका बिच योभन्दा अगाडि पनि हिंसात्मक वारदातहरू हुने गरेका थिए । कैदी बन्दीहरूका बिच परस्पर विरोधी गुटहरूले पनि कारागारभित्रबाट सङ्गठित ढङ्गबाट आपराधिक गतिविधिका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सञ्चालन गरिरहेको समाचार पटक पटक सार्वजनिक हुने गरेका थिए ।

    २. कैलाली कारागारभित्र परस्पर विरोधी गिरोहका बिच विगतमा हुने गरेका हिंसात्मक झडपलाई सरकारले घटनालाई गम्भीरतापूर्वक लिई कारागार प्रशासन, गृह मन्त्रालय तथा गृह मन्त्रालय सम्बद्ध निकायले सतर्कता नअपनाएका कारण यस्तो प्रकारको हिंसात्मक झडपको घटना घट्न गएको स्पष्ट नै छ । उक्त हिंसात्मक घटनामा एकजना कैदी बन्दीको मृत्यु भएको छ भने चार दर्जनभन्दा बढी घाइते भएका छन् । उक्त घटनाप्रति राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले दुःख व्यक्त गर्दछ ।

    ३. कारागार जस्तो संवेदनशील तथा सरकारको प्रत्यक्ष पहुँच तथा नियन्त्रण भएको निकायमा समेत आपराधिक गिरोह सङ्गठित भएर आपराधिक क्रियाकलाप सञ्चालन गर्न एक प्रकारले छुट दिनु र त्यसलाई कडाइपूर्वक रोक्न सरकारले कुनै ध्यान दिन नसक्नुको परिणाम हिजो घटेको हिंसात्मक घटना हो ।

    ४. सरकारको सुरक्षा घेराभित्र अपराधीहरूलाई सुधार गर्न खडा गरिएको निकाय वा सुधार गृहभित्र भएको यस्तो आपराधिक तथा हिंसात्मक घटना कसरी घट्न गयो ? हिंसात्मक घटना घट्दा त्यसलाई नियन्त्रणमा लिन सुरक्षा सम्बद्ध निकायले किन लापरबाही देखायो ? त्यसबारे आवश्यक छानबिन गर्न न्यायिक समिति गठन गरिनुपर्दछ । त्यसका साथै घटनामा मृत्यु भएका कैदी बन्दीको परिवारलाई आवश्यक क्षतिपूर्ति दिइनुपर्दछ ।’

    मिति : २०८२ श्रावण २४

    नन्दराज भट्ट

    अध्यक्ष

    राष्ट्रिय जनमोर्चा

    सुदूरपश्चिम प्रदेश, प्रदेश समिति

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.