काठमाडौँ । प्यालेस्टाइनी जनताको पक्षमा प्रगतिशील गायकहरू हेमराज आश्रम र कुस्मिता दर्लाको भिडियो एलबम सावजनिक भएको छ ।
‘प्यालेस्टाइनी जनताको साहस’ शीर्षकको सो एलबम हेमराज आश्रमको युट्युब च्यानलबाट २०८२ साउन २३ गते सार्वजनिक भएको हो ।
गीतको शब्द र सङ्गीत संयोजन हेमराज आश्रमको रहेको छ भने स्वर आश्रम र कुस्मिता दर्लामीको रहेको छ ।
भिडियो एलबम अमृता रानाथापा र जस्निता रानामगरले निर्माण गरेका हुन् ।
गीतको शब्द
प्यालेस्टीनी जनताको साहस हेर
बाँची रा’छन् इजरायली आतङ्क सहेर
विद्रोहको ज्वाला दन्कोस् प्यालेस्टाइनभरि
सहिदको चिहान उठोस् ज्वारभाटा जसरी
ज्वारभाटा जसरी
अमेरिकी साम्राज्यको नुन खाएर
धम्काइरा’छ अर्कैको देश कब्जा गरेर
अन्यायको हार हुन्छ प्यालेस्टाइन जित्नेछ
महासङ्ग्रामको तागतले स्वतन्त्र हुनेछ
स्वतन्त्र हुनेछ ।
विश्वभरका मुक्तिगामी एकजुट हुनेछन्
प्यालेस्टिनी जनताको साथमा रहनेछन्
खुनी शासक इजरायल र उसका सहयोगी
तिम्रो अन्त्य पक्कै हुन्छ डर लाग्ने गरी
डर लाग्ने गरी ।