काठमाडौं । चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ ।
Advertisement
यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न पनि सक्षम छ, जसका कारण यसलाई विश्वको पहिलो स्वायत्त मानवीय रोबोट पनि भनिएको छ । युबि टेक रोबोटिक्स नामक चिनियाँ कम्पनीले यो रोबोट विकास गरेको बताइएको छ । जसको नाम ‘वाकर एसः २’ राखिएको छ ।