धनबिर पुन, चेन्नई ।
तमिलनाडुको चेन्नई (मद्रास) महावलीपुरममा कार्यरत ६० जना नेपाली श्रमिकहरुलाई मूल प्रवाहको पहलमा स्वदेश पठाइएको छ । उनीहरु रूपन्देही सैनामैना नगरपालिका, कन्चनगाउँपालीका, बाग्लुङ, प्युठान, धाधिङ र सिन्धुलीका हुन् ।
कोरोना भाइरसका कारण बेरोजÞगार तथा अलपत्र नेपाली मजदूरहरू लकडाउनले गर्दा रेल सेवा नहुनका कारण बसबाट नेपाल बोर्डर सुनौली तथा कृष्ण नगरसम्मको करिव २५०० किलोमीटर लामो दूरीको यात्रन गर्दै मातृभूमि नेपाल फर्किएका हुन् ।
रोग, भोक, शोकले तनावग्रस्त मजÞदूरहरू चेन्नईबाट २ वटा बसमा करिब ६० जना स्वदेश फर्केका हुन् । बस यात्रा अव्यवस्थित र महंगो भएता पनि उनीहरुले आफ्नै बाटो खर्च व्यवस्थापन गरि स्वदेश लागेका हुन् ।
उनीहरूलाई सत्यभामा युनिभरसीटीबाट बस चढ़ाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, चेन्नई पूर्व नगर समितिका अध्यक्ष चन्द्रबहादुर थापा, सदस्य लोकराज भुसाल, दक्षिण नगर सदस्य इन्द्र पैडेल जानु भएको थियो ।

