काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमको देशभक्तिपूर्ण गीत ‘कहिलेसम्म सहने हो ?’ सार्वजनिक भएको छ ।
Advertisement
भारतले नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र अतिक्रमण गरी आफ्नो नक्सामा पारेको सन्दर्भमा गीतले त्यस कदम विरुद्ध जनतालाई जागृत बनाउन मद्दत गर्नेछ ।
लोकलयमा आधारित गीतमा स्वर हेमराज आश्रम र तारा श्रीस मगरले दिनुभएको छ भने शब्द, संगीत हेमराजकै छ ।
गाउँ समाजमा सन्देशमुलक गीत गाउँदै हिँड्ने गाइने समूदायको लवजमा उपस्थित कलाकारले गाउँलेलाई मनोरञ्जनसँगै देशभक्तिको भावना भरेको देखिन्छ ।
https://www.youtube.com/watch?v=NAPWGTd7QFQ&feature=share&fbclid=IwAR1Uckg0ahnPsrW7ces_kq_R7sud0D_q9RrscYmNYbS_Dn2XxDt1s-46upA

