काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले सहमति शिक्षकसितको उल्लङ्घन गरेकोमा सरकारप्रति आक्रोश व्यक्त गरेको छ ।
महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०८२ असार १६ गते प्रेसविज्ञप्ति जारी गर्दै सङ्घ आक्रोश व्यक्त गरेको हो ।
“२०८१ चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँकेन्द्रित सडक आन्दोलनमा होमियौँ” वक्तव्यमा भनिएको छ– “विश्वव्यापी समर्थनप्राप्त ऐतिहासिक २९ दिने सडक आन्दोलनको बलमा देशका सबैभन्दा ठुला राजनीतिक दलको दुईतिहाइको सरकारका प्रमुख सचेतक, जिम्मेवार मन्त्रीको रोहबर र आग्रहमा २०८२ असार १५ गतेसम्म शिक्षक–कर्मचारीका मागमुद्दा सम्बोधन हुने गरी नयाँ शिक्षा ऐन जारी गर्न गरिएको सहमति, सम्झौता सरकारबाट उल्लङ्घन भएको छ ।”
वक्तव्यमा सङ्घले भनेको छ– “सरकारको यस्तो गैरजिम्मेवार रवैयाप्रति अखिल नेपाल शिक्षक सङ्घ आक्रोश तथा घृणा व्यक्त गर्दछ ।”
सरकारले विद्यालय शिक्षामैत्री, विद्यार्थीमैत्री शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने अन्यथा शिक्षक–कर्मचारी अनिश्चित आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
