खलङ्गा । अखिल (छैठौं) को ‘देश कि विदेश’ अभियान प्युठानको झिम्रुक गाउँपालिका–५ मच्छी पुगेको छ ।
Advertisement
२०८२ असार १० गते मङ्गलबार सो अभियान बालशिक्षा माध्यमिक विद्यालय पुगेको हो ।
अभियानको नेतृत्व जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीले गरिहनुभएको छ ।

अभियानमाझ ४५ सदस्यीय अखिल (छैठौं) को एकाइ समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा सनिश पोख्रेल तथा उपाध्यक्षमा सुष्मा बस्नेत, सचिवमा कृष्टिका जिसी, सहसचिवमा सन्दीप विक र कोषाध्यक्ष विकास गुरुङ रहनुभएको छ ।
अखिल (छैठौं) प्युठानका सचिव प्रविन जीसी र कोषाध्यक्ष शिशिर बस्नेत अतिथि रहनुभएको सो कार्यक्रमको सञ्चालन सहसचिव सचिन कुँवरले गर्नुभएको थियो ।
