भालुबाङ (दाङ) । राप्ती गाउँपालिका–१ पुल्चोकस्थित श्री स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहिणी महिला आधारभूत विद्यालयका नवआगन्तुक शिक्षकलाई स्वागत तथा सरुवा भई जान थाल्नुभएका शिक्षकलाई भव्य समारोहका साथ बिदाई गरिएको छ ।
२०८२ असार १० गते मङ्गलबार प्रमुख अतिथि एवम उक्त विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशचन्द्र रिजालको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष वासुदेव पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरुवा भई आउनुभएका शिक्षक माधवप्रसाद सिंह, अमिताब आलम हलुवाई, गङ्गा भट्टराई र दीपा शर्मालाई स्वागत गरिएको थियो ।
त्यस्तै, उक्त विद्यालयबाट सरुवा भई अन्यत्र जान थाल्नुभएका शिक्षिकाद्वय प्रधानाध्यापक सविता चौधरी र सहायक शिक्षिका रेमा रानालाई बिदाई गरिएको थियो ।
शिक्षिका सरिता खनाल आचार्यको स्वागत मन्तब्य तथा शिक्षिका पार्वता भुसालको सञ्चालनमा सम्पन्न उक्त समारोहमा सरुवा भई जान लाग्नुभएका प्रधानाध्यापक चौधरी, राना, नवआगन्तुक शिक्षक सिंह र शिक्षक हलुवाईलगाएतले मन्तव्य राख्नुभएको थियो ।

शिक्षक सिंह र हलुवाई नेपाल राष्ट्रिय मावि भालुबाङबाट स्थायी शिक्षकको रूपमा सरुवा भई आउनुभएको हो भने सोही विद्यालयकी प्रधानाध्यापक चौधरी नेरामावि भालुवाङमा स्थायी सरुवा भई जानुभएको हो ।
त्यसैगरी, शिक्षिका राना राहत शिक्षकको रूपमा बालकल्याण आधारभूत विद्यालय राप्ती गाउँपालिका–५ पहरुवा जान लाग्नुभएको हो ।
यता, शिक्षिका दीपा शर्मा नवप्रतिभा आधारभूत विद्यालय पाखापानी राप्ती गाउँपालिका–१ बाट राहत शिक्षकको रूपमा सरुवा भई आउनुभएको हो भने राहत शिक्षिका भट्टराई सोही विद्यालय स्वर्गद्वारी प्राविमा नै पदस्थापन हुनुभएको छ ।
राप्ती गाउ“पालिका कार्यालय मसुरियाले हालै गरेको अन्तरविद्यालयस्तरीय दरबन्दी मिलान कार्यक्रमअर्न्तगत विद्यालय शिक्षक–कर्मचारीको दरबन्दी मिलान गरेको छ ।
