खलङ्गा । प्युठानको प्युठान नगरपालिका–५ बास्वोटमा अखिल (छैठौं) को ‘देश कि विदेश’ अभियान पुगेको छ ।
Advertisement
बास्वोटस्थित जनता माध्यमिक विद्यालयमा २०८२ असार ८ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
अखिल (छैठौं) प्युठानका अध्यक्ष बसन्त राज गोराथोकी कार्यक्रम संयोजक तथा प्रमुख वक्ता रहनुभएको सो कार्यक्रममा अखिल (छैठौं) कै जिल्ला सदस्य सागर सुनारको पनि उपस्थिति रहेको थियो ।

अभियानको क्रममा नमराज घर्तीक्षेत्री अध्यक्ष रहनुभएको ७५ सदस्य एकाइ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा रेखा घर्तीक्षेत्री, सचिवमा दीपक भण्डारी, सहसचिवमा विमला परियार र कोषाध्यक्षमा शिव खत्रीक्षेत्री रहनुभएको छ ।
