खलङ्गा । प्युठान जिल्ला मल्लरानी गाउँपालिकाको वडा नं. ५ सरङकोटमा ॅदेश कि विदेश’ कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
अखिल (छैठौं) प्युठानको आयोजनामा २०८२ असार ५ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीको नेतृत्वमा सञ्चालित उक्त अभियानअन्तर्गत आजको कार्यक्रममा भूमिविकास माध्यमिक विद्यालयमा ५१ सदस्यीय एकाइ समिति गठन गरिएको छ ।
समितिको अध्यक्ष सन्दीप घर्तीमगर, उपाध्यक्षमा अङ्किता पुन, सचिवमा विनिता घर्ती, सहसचिवमा विजय घर्ती र कोषाध्यक्षमा सुमन गन्धर्व रहनुभएको छ ।


