• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • म्यानमार । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ ।

    Advertisement

    सुकी म्यान्माको एक दशकको लोकतान्त्रिक सुधारकालको प्रतिनिधि व्यक्तित्व हुनुहुन्थ्यो र सैन्य शासनबाट खुल्दै गर्दा उहाँ वास्तविक नेत्री बन्नुभएको थियो ।

    तर सन् २०२१ को विद्रोहमा जनरलहरूले सत्ता फिर्ता लिएपछि उहाँ भ्रष्टाचारदेखि लिएर कोभिड–१९ महामारीको प्रतिबन्ध उल्लङ्घन गर्ने अभियोगमा बन्दी बनाइनुभयो र २७ वर्षको सजाय भोगिरहनुभएको छ ।

    ‘यो क्षणमा उत्सव मनाउन गाह्रो हुनेछ’, बेलायतका उहाँका ४७ वर्षीय छोरा किम एरिसले भन्नुभयो, ‘यो यति लामो समयदेखि चलिरहेकाले हामीले सहन सिकेका छौँ ।’

    उहाँले आफ्नी आमाको जन्मदिनसम्मका आठ दिनमा ८० किलोमिटर ५० माइल) दौडिरहनुभएको छ र आफ्नी आमाका लागि ८० हजारभन्दा बढी शुभकामना भिडियो सन्देशहरू संकलन गर्नुभएको छ ।

    तर सुकीले ती देख्न पाउनु हुनेछैन । उहाँ म्यान्माको फैलिएको राजधानी नेपिडोमा एकान्तमा हुनुहुन्छ जहाँबाट सेनाले गुरिल्ला लडाकूहरूविरुद्ध गृहयुद्धको निर्देशन गर्छ ।

    एरिसले आफ्नी आमा जेल परेदेखि दुई वर्षअघि पत्रमार्फत एक पटक मात्र आफ्नी आमाबाट सुनेको बताउनुभयो ।

    ‘उहाँको अवस्था कस्तो छ हामीलाई थाहा छैन’, उहाँले भन्नुभयो । उहाँले आफ्नी आमाले मुटु, हड्डी र दाँतको समस्याको उपचार नपाएर पीडा भोगिरहेको हुनसक्ने डर व्यक्त गर्नुभयो ।

    – के तपाईं अझै याद गर्नुहुन्छ ? –

    सैन्य नियन्त्रणमा रहेका म्यान्माका भागहरूमा कुनै औपचारिक उत्सवको योजना छैन, तर सैन्य नियन्त्रित मान्डले सहरमा अनुयायीहरूको एउटा समूहले उहाँको जन्मदिनअघि स्वतःस्फूर्त विरोध प्रदर्शन गरेको स्थानीय मिडियाले जनाएको छ ।

    केही मास्क लगाएका प्रदर्शनकारीले सडकमा ‘डरबाट मुक्ति’ र ‘जन्मदिनको शुभकामना’ लेखिएका पर्चाहरू छरेका थिए र एक सदस्यले सामाजिक सञ्जालमा साझा गरिएको अस्थिर क्यामेराको फुटेजमा सुकीको तस्वीर समातेका थिए ।

    ‘के तपाईं अझै यो महान् व्यक्तिलाई याद गर्नुहुन्छ ?’, भिडियोमा एक प्रदर्शनकारीले सोधे ।

    सुकी बहुसंख्यक बौद्ध देशमा निकै लोकप्रिय हुनुहुन्छ, तर उहाँले रोहिंग्या मुस्लिम अल्पसंख्यक विरुद्धको कारबाहीमा सेनापतिहरूको रक्षा गरेपछि सैन्य अधिग्रहण हुनुअघि विदेशमा लोकतन्त्रको प्रतीकका रूपमा उहाँको स्थिति ध्वस्त भएको थियो ।

    म्यान्माको सेनाको लामो प्रभावको विरुद्धमा उहाँ शक्तिहीन रहेको तर्क गरे तापनि लाखौँ रोहिंग्यालाई उहाँको शासनअन्तर्गत छिमेकी बंगलादेशमा भाग्न पठाइयो ।

    तैपनि एकपटक सुकीलाई पुरस्कारहरूको वर्षा गर्ने संस्थाहरू र व्यक्तित्वहरूले तुरुन्तै आफूलाई टाढा राखे र उहाँको दोस्रो कारावासले धेरै कम अन्तर्राष्ट्रिय ध्यान पाएको छ ।

    – बन्द भएको जन्मदिन –

    म्यान्माको स्वतन्त्रता नायक आङ सानकी छोरी सुकी लगभग संयोगवश लोकतन्त्रकी च्याम्पियन बन्नुभयो ।

    आफ्नो युवावस्थाको धेरै समय विदेशमा बिताएपछि उहाँ सन् १०८८ मा आफ्नी बिरामी आमाको हेरचाह गर्न फर्किनुभयो तर दमनद्वारा कुल्चिएको सैन्य विरोधी प्रदर्शनको नेतृत्व गर्न थाल्नुभयो ।

    उहाँ १५ वर्षसम्म बन्द हुनुहुन्थ्यो, जसमध्ये अधिकांश समय उहाँको परिवारको यांगन लेकसाइड हवेलीमा थियो । त्यहाँ उहाँले अझै पनि सीमा पर्खालमाथि भाषणका लागि भीड आकर्षित गर्नुहुन्थ्यो ।

    सेनाले निर्वासनमा गए स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो तर उहाँको शान्त अस्वीकारले उहाँलाई स्पटलाइटमा ल्यायो र उहाँलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार दिलायो ।

    सुकी सन् २०१० मा रिहा हुनुभयो र सन् २०१५ मा उहाँको नेसनल लिग फर डेमोक्रेसी पार्टीको चुनावी विजयमा नेतृत्व गर्नुभयो । सेनाद्वारा बनाइएको नियमहरूका कारण उहाँ कहिले पनि औपचारिक रूपमा राष्ट्रपति पदमा आउन सक्नुभएन ।

    यदि यी अस्सी वर्षीया आफ्नो वर्तमान कारावासबाट रिहा हुनुभयो भने, एरिसले उहाँ सम्भवतः म्यान्माको राजनीतिमा ‘अग्रङ्ंक्तिको स्थिति’ बाट पछाडि हट्नुहुने भविष्यवाणी गर्नुभयो ।

    सेनाले यस वर्षको अन्त्यमा नयाँ चुनावको वाचा गरेको छ, तर सुकीको अहिंसक दृष्टिकोणका पूर्व अनुयायीहरू मिलेर बनेका धेरै समूहले तिनलाई बहिष्कार गर्ने तयारी गरेका छन् ।

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.