• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिनुभएको छ, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्‌नो धैर्य सकिँदै गएको चेतावनी पनि दिनुभएको छ ।

    सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए ।
    इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ ।

    इरानले तेल अभिवका बासिन्दाहरूलाई आक्रमणका लागि तयार रहन भनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्पले आफ्‌नो हाइपरसोनिक फताह–१ मिसाइलहरूले व्यावसायिक केन्द्रमा ‘बारम्बार आश्रयहरू हल्लाइरहेको’ दाबी गरेको छ ।

    फताह–१ मिसाइल प्रयोग गरेर गर्वका साथ अपरेसन अननेस्ट प्रोमिस ३ को ११औँ लहर गरिएको गार्डहरूले राज्य टेलिभिजनमा प्रसारण गरिएको विज्ञप्तिमा भनेका छन् ।

    हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्छन् र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई ट्र्याक गर्न र रोक्न गाह्रो हुन्छ ।

    इरानले इजरायलतर्फ ‘ड्रोनहरूको समूह’ पनि पठाएको छ । त्यहाँ सेनाले मृत सागर क्षेत्रमा दुईवटा रोकेको बताएको छ ।

    विश्व शक्तिहरूले द्वन्द्वलाई क्षेत्रव्यापी युद्धमा परिणत हुनबाट रोक्न आशा गर्दै निकास खोज्न हतार गरेका छन् ।

    मंगलबार राति आफ्‌ना इरानी समकक्षी र अमेरिकी दूत स्टिभ विटकफसँग छुट्टै फोनमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कूटनीतिक समाधानका लागि आग्रह गर्नुभयो ।

    धनी प्रजातन्त्रका क्लबका नेताहरूले संयुक्त रूपमा युद्धविरामको आह्वान गरेको क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट हतारमा बाहिरिएपछि ट्रम्पले अमेरिकी हस्तक्षेपबारे अटकलबाजीलाई बढावा दिनुभयो ।

    मंगलबार वासिङ्टनमा ट्रम्पले इरानको ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गर्नुभयो ।

    उहाँले अमेरिकाले इरानका सर्वोच्च नेताको सजिलै हत्या गर्न सक्ने पनि घमण्ड गर्नुभयो ।

    “हामी तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुक्नुभएको छ भनेर ठ्याक्कै जान्दछौँ । उहाँ सजिलो लक्ष्य हुनुहुन्छ, तर त्यहाँ सुरक्षित हुनुहुन्छ– हामी उहाँलाई मार्ने छैनौँ, कम्तीमा अहिलेका लागि त छैनौँ”, ट्रम्पले आफ्‌नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो ।

    उहाँले द्वन्द्वको बारेमा छलफल गर्न आफ्‌नो राष्ट्रिय सुरक्षा परिषद्सँग भेट गर्नुभयो । बैठक एक घण्टा २० मिनेटपछि कुनै तत्काल सार्वजनिक बयान बिना समाप्त भयो ।
    मध्यपूर्वको ॅचिरस्थायी युद्धहरू’ मा नफस्ने बारम्बार प्रतिज्ञा गरे पनि ट्रम्पले युएसएस निमित्ज विमान वाहकलाई धेरै अमेरिकी सैन्य विमानहरूसहित यस क्षेत्रमा जान आदेश दिनुभयो ।

    अमेरिकी अधिकारीहरूका अनुसार उहाँले अहिलेसम्म कुनै पनि हस्तक्षेपका बारेमा निर्णय गर्नुभएको छैन ।

    – निकासी –

    अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बमबारी अभियान सुरु गर्दा शुक्रबार सुरु भएको लामो दूरीको आक्रमणबाट कुनै पनि पक्ष पछि हटेका छैनन् ।

    इजरायलले आफ्‌नो आक्रमणमा वरिष्ठ इरानी कमान्डर अली शादमानी र उनका पूर्ववर्ती गुलाम अली राशिद मारिएको दाबी गरेको छ ।

    लडाइँ सुरु भएदेखि दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्‌ना नागरिकहरू निकाल्न हतार गरेका छन् ।

    सरकारी तथ्यांकअनुसार इजरायलले आफ्‌नो अभियान सुरु गरेदेखि इरानमा बसोबास गर्ने सात सयभन्दा बढी विदेशी छिमेकी अजरबैजान र आर्मेनियामा प्रवेश गरिसकेका छन् ।

    उद्धार गरिएका मध्ये रुस, बेलारुस, कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका साथै जर्मनी, स्पेन, इटाली, सर्बिया, रोमानिया, पोर्चुगल, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, चीन र भियतनामका नागरिकहरू थिए ।

    संयुक्त राज्य अमेरिकाले बढ्दो द्वन्द्वका बीच जेरुसेलममा आफ्‌नो दूतावास शुक्रबारसम्म बन्द गरिरहेको बताएको छ, तर अमेरिकीहरूलाई ॅसंकट क्षेत्र’ छोड्न मद्दत गर्ने बारेमा कुनै घोषणा गरिएको छैन ।

    हिंसाको डरले तेहरानका धेरै बासिन्दा भागेका छन् ।

    मंगलबार मानिसहरूले इन्धन र आधारभूत आपूर्तिहरू भण्डारण गर्न हतार गर्दा बेकरी र पेट्रोल स्टेसनहरू बाहिर लामो लाइनहरू लागेका थिए ।

    मंगलबार भएको साइबर आक्रमणले इरानको मुख्य सरकारी स्वामित्वमा रहेको बैंकहरू मध्ये एक सेपाह बैंकलाई अपाङ बनाएको फार्स समाचार एजेन्सीले जनाएको छ ।

    तेल अभिवमा नियमित रूपमा हवाई आक्रमणको साइरन बजिरहँदा केही मानिस सपिङ मलमुनि रहेको भूमिगत पार्किङमा स्थानमा सरेका छन् ।

    “सबै कुरा स्पष्ट नभएसम्म हामीले यहाँ स्थायी रूपमा शिविर राख्ने निर्णय गरेका छौँ”, ३० वर्षीया माली पापिरानीले भन्नुभयो ।

    – आणविक सुविधाहरू –

    दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले आफ्‌नो आश्चर्यजनक हवाई अभियानको उद्देश्य इरानलाई आणविक हतियारहरू प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो । तेहरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।

    इरानी मिडियाले आणविक सुविधाहरूको घर मध्य सहर इस्फहानमा मंगलबार धेरै विस्फोट भएको रिपोर्ट गरेको छ ।

    संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले इरानको नातान्ज सुविधामा ‘भूमिगत संवर्धन हलहरूमा प्रत्यक्ष प्रभाव’ भएको देखिएको बताएको छ ।

    इजरायलले आफ्‌ना परमाणु गतिविधिहरूका बारेमा अस्पष्टता कायम राखेको छ, तर स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सिप्री) का अनुसार इजरायलसँग ९० वटा आणविक हतियार छन् ।

    द्वन्द्वले तेहरान र वासिङ्टनबीच चलिरहेको आणविक वार्ताको शृंखलालाई लिकबाट उतारेको छ । इजरायलको अभियान सुरु भएपछि इरानले आक्रमणमा परेको बेला संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने बताएको थियो ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शासन परिवर्तनको प्रयासले ‘अराजकता’ ल्याउने भन्दै इरानसँग कूटनीति पुनः सुरु गर्न ट्रम्पको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    चीनले ट्रम्पमाथि द्वन्द्वमा ‘आगोमा घिउ खन्याएको’ आरोप लगाएको छ भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली नेता बेन्जामिन नेतान्याहुलाई ‘यस क्षेत्रको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा’ भएको आरोप लगाउनुभएको छ ।

    शुक्रबारदेखि इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको र सयौँ घाइते भएको नेतान्याहुको कार्यालयले जनाएको छ ।

    इरानले आइतबार इजरायली हमलामा सैन्य कमाण्डर, आणविक वैज्ञानिक र नागरिकसहित कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको बताएको छ । त्यसछि तेहरानले अद्यावधिक संख्या जारी गरेको छैन । –रासस

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.