• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानमाथिको हमलाबारे भारत सरकारको रवैयाप्रति मासलाइनको विरोध


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भाकपा (माले) मासलाइनले इरानमाथि इजरायली हमलाबारे भारत सरकारको रवैयाको विरोध गरेको छ ।

    Advertisement

    महासचिव प्रदीपसिंह ठाकुरको हस्ताक्षरमा जुन १४, २०२५ का दिन प्रेसवक्तव्य जारी गर्दै मासलाइनले यस्तो विरोध व्यक्त गरेको हो ।

    वक्तव्यमा इरानमाथिको हमलाबारे भारत सरकारले खालि “चिन्ता” व्यक्त गरेकोमा आपत्ति प्रकट गरिएको छ ।

    इजरायलद्वारा गरिएको सैन्य हमलाको उद्देश्य इरानको परमाणु क्षमतालाई तहसनहस गर्नु तथा पूरै मध्यपूर्वमा परमाणु एकाधिकार कायम राख्नु रहेको बताउँदै यस्तो गम्भीर विषयमा खालि “चिन्ता” व्यक्त गर्नु गलत भएको मासलाइनको तर्क छ ।

    वक्तव्यमा इजरायललाई अमेरिकी साम्राज्यवादको ॅघनिष्ठ सहयोग’ बताउँदै यस्तो विनाशकारी गठबन्धनको विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    कलकत्ताबाट हिन्दीमा जारी गरिएको प्रेसवक्तव्यको नेपाली भावानुवाद यस्तो छ :

    “भारतको कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनको पोलिटब्युरो दुष्ट राष्ट्र इजरायलद्वारा इरानमाथि गरिएको सैन्य आक्रमणको स्पष्ट शब्दमा निन्दा गर्दछ । यस आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी, परमाणु वैज्ञानिक र सयौँ आम जनता मारिएका छन् । यो अभूतपूर्व सैन्य आक्रमण यस्तो समयमा गरिएको छ, जब अमेरिका र इरानमाझ परमाणु विषयमा सम्झौताका लागि वार्ता भइरहेको थियो ।
    इजरायलको यो सैन्य आक्रमणको उद्देश्य इरानको परमाणु क्षमतालाई तहसनहस गर्नु तथा पूरै मध्यपूर्वमा आफ्नो परमाणु एकाधिकार कायम राख्नु हो । यस आक्रमणमा अमेरिकी साम्राज्यवाद इजरायलको घनिष्ठ सहयोगी हो ।

    इरानमाथि इजरायलको यो सैन्य हमलाको सन्दर्भमा नरेन्द्र मोदी सरकारको भूमिका र प्रतिक्रिया खालि “चिन्ता” व्यक्त गर्नेसम्म सीमित छ । मोदी सरकार आक्रमणकारी र आक्रमणबाट पीडितमाझ अन्तर गर्न तथा आक्रमणकारीको विरोध गर्नमा असफल रहेको छ ।

    जब संयुक्त राष्ट्र सङ्घको साधारणसभामा प्यालेस्टाइनमा निःशर्त र स्थायी युद्धविरामको प्रस्तावमाथि मतदान भयो, मोदी सरकार मतदानमा तटस्थ रह्यो, जबकि संसारका १४९ देशले प्रस्तावको समर्थनमा मतदान गरे ।

    आफ्नो सम्प्रभुता, सुरक्षा र भौगोलिक अखण्डताको रक्षाका लागि सङ्घर्षरत इरान र त्यहाँका जनताप्रति भाकपा (माले) मासलाइन भित्री हृदयदेखि समर्थन गर्दछ ।

    भाकपा (माले) मासलाइन भारत सरकारसित जोडदार शब्दमा माग गर्दछ, इजरायलसितका सबै कूटनीतिक, सैन्य, रजानीतिक र आर्थिक सम्बन्धलाई तत्कालै समाप्त गरियोस् ।

    भाकपा (माले) मासलाइन भारतका शान्तिप्रेमी जनतासित आह्वान गर्दछ, इरान र प्यालेस्टाइनी जनतालाई समर्थन गरुन् र आफ्नो ऐक्यबद्धता कायम गरुन् ।”

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.