काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ ।
Advertisement
अहमदाबादको मेघानीनगर क्षेत्रमा बिहीबार (१२ जुन) दिउँसो उक्त विमान खसेको बीबीसीले जनाएको छ ।
दुर्घटनाको सार्वजनिक तस्बिरमा निकै ठूलो धुवाँको मुस्लो देखिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा २४२ यात्रु थिए । विमान टुक्राटुक्रा भएको छ ।
अग्निनियन्त्रकहरूले पानी छर्केर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ।