• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • गाजासिटी (प्यालेस्टिनी क्षेत्र) । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेस गरेको छ । वासिङटनका मुख्य वार्ताकारले जवाफलाई तुरुन्तै ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

    Advertisement

    अमेरिकी दूत स्टिभ विट्कोफको प्रस्ताव यथावत रूपमा स्वीकार नगरिएको तर प्रस्तावबारे समूहको प्रतिक्रिया सकारात्मक रहेको र स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएको हमासले जनाएको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विट्कोफद्वारा गाजा युद्धविरामका लागि अघि सारिएको प्रस्तावमा हमासले जनाएको प्रतिक्रिया ‘अस्वीकार्य’ भएको र हमास उसको अडानमा हलचल नभएको आरोप लगाउनुभएको छ ।

    इजरायलले शुक्रबार हमासलाई सम्झौता स्वीकार गर्न र गाजामा बन्धक बनाइएकालाई मुक्त गर्न दबाब दिएको र यसो नभएमा हमासको निर्मूल पार्ने गरी बाँकी कारबाही अघि बढ्ने बताएको थियो ।

    शनिबार एक वक्तव्य जारी गर्दै हमासले मध्यस्तता पक्षका लागि आफ्नो जवाफ पेस गरेको जनाएको थियो ।

    “यस सम्झौताको एक भागको रूपमा प्यालेस्टिनी कैदीको रिहा गर्न सहमत सङ्ख्याको बदलामा बन्धक अवस्थामा मृतक भएका इजरायली १८ शव फिर्ता गर्नुका साथै १० जीवित कैदीलाई रिहा गरिनेछ” विज्ञप्तिमा भनिएको छ ।

    समूहको राजनीतिक ब्युरोको एक स्रोतका अनुसार उसले विट्कोफलाई सकारात्मक प्रतिक्रिया दिएको छ तर गाजापट्टीबाट स्थायी युद्धविराम र पूर्ण इजरायली फिर्ताको सुनिश्चततालाई जोड दिएको छ ।

    विटकोफले भन्नुभयो– ‘हमासको जवाफ पूर्ण रूपमा अस्वीकार्य छ र यसले सच्चा अर्थमा युद्धविराम चाहेको हो भने हामीले अगाडि सारेको प्रस्ताव स्वीकार गर्नुपर्छ ।’

    उहाँले एक्समा एक पोस्ट जारी सन्देशमा भन्नुभएको छ– ‘स्थायी युद्धविराममा पुग्ने प्रयासका लागि असल नियतका साथ ठोस वार्ता आगामी दिनमा हामीले ६० दिने युद्धविराम सम्झौतालाई अघि बढाउन सकिने एक मात्र उपाय भनेको आधा जीवित बन्धक र आधा मृतक आफ्नो इजरायल वा उनीहरूको परिवार रहेको घरमा फर्किनेछन् ।’

    हमासले लामो समयदेखि कुनै पनि सम्झौताले युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएको छ तर इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणको पुनरावृत्ति हुन नदिन उक्त समूहलाई ध्वस्त पार्नुपर्नेमा जोड दिँदै आएको छ ।

    इजरायलले हालै गाजामा हमासलाई परास्त गर्न आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

    नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “इजरायलले हाम्रा बन्धकको रिहाइका लागि अद्यावधिक विटकोफ फ्रेमवर्कमा सहमति जनाएको छ तर हमासले आफ्नो अडानलाई निरन्तरता दिइरहेको छ ।”

    इजरायलले बन्धकलाई घर फर्काउन र हमासलाई परास्त गर्ने आफ्नो प्रयासलाई जारी राख्नेछ । गत मार्च १८ मा यसअघिको युद्धविराम भङ्ग भएपछि इजरायली सैन्य कारबाही पुनः सुरु भएको र युद्धविराम वार्तामा सफलता हासिल हुन सकेको छैन ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार दुवै पक्ष सम्झौताको निकै नजिक रहेको बताउनुभएको थियो ।

    वार्तामा संलग्न दुई स्रोतका अनुसार विटकोफको प्रस्तावमा ६० दिनको युद्धविराम समावेश छ, जुन सम्भवतः ७० दिनको लागि विस्तार गर्न सकिन्छ ।

    यसमा प्यालेस्टाइनी कैदीको बदलामा पाँच जीवित बन्धकको रिहाई र नौ शव फिर्ता गर्ने शर्त समावेश छन् । (रासस/एएफपी)

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.