• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गर्नुभएको छ ।

    Advertisement

    भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित गरेको र यसले किसानहरूलाई संयुक्त राज्य अमेरिकामा भाग्न बाध्य बनाइरहेको दाबी गर्नुभयो ।

    यो असाधारण स्टन्टले दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको र मारिएको ट्रम्पको तर्कका लागि ओभल अफिसको सामान्यतया शान्त कूटनीतिक वातावरणलाई मञ्चमा परिणत गर्‍यो ।

    पत्रकारहरूको उपस्थितिमा ट्रम्पले दक्षिण अफ्रिकाका अश्वेत राजनीतिज्ञहरूले श्वेत मानिसहरूको उत्पीडनका लागि आह्वान गरेको भन्दै कर्मचारीहरूलाई चार मिनेटको भिडियो ठूलो स्क्रिनमा राख्न लगाउनुभएको थियो ।

    ‘तपाईंले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ र त्यसपछि जब उनीहरूले जमिन लिन्छन् । उनीहरूले श्वेत किसानलाई मार्छन् र जब उनीहरूले सेतो किसानलाई मार्छन्, उनीहरूलाई केही हुँदैन’, ट्रम्पले भन्नुभयो ।

    ट्रम्पले समाचार क्लिपिङहरू पनि देखाउनुभयो जुन उहाँले आफ्नो दावीलाई समर्थन गरेको बताउनुभयो । यद्यपि एउटामा वास्तवमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तस्बिर थियो ।

    ‘मृत्यु, मृत्यु, मृत्यु । भयानक मृत्यु’, ट्रम्पले भन्नुभयो ।
    ट्रम्पको प्रशासनले यस महिनाको सुरुमा ५० भन्दा बढी श्वेत अफ्रिकीलाई शरणार्थी दर्जा प्रदान गरेको छ भने विश्वका अन्य भागहरूबाट शरणार्थीहरू लिन प्रभावकारी रूपमा बन्द गरेको छ ।

    तर दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभयो । फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पले गरेको विवादलाई बेवास्ता गर्दै सुरुमा यो कदमबाट स्तब्ध देखापरेपछि उहाँ शान्त रहनुभयो ।

    – अप्ठ्यारो कुराकानी –
    रङ्गभेद शासनको ऐतिहासिक असमानता निवारण गर्ने उद्देश्यले जनवरीमा हस्ताक्षर गरिएको जग्गा कब्जा कानूनअन्तर्गत आफ्नो देशले श्वेत किसानहरूबाट जग्गा जफत गरेको कुरा रामाफोसाले अस्वीकार गर्नुभयो ।

    ‘होइन, होइन, होइन’, रामाफोसाले जवाफ दिनुभयो, ‘कसैले पनि जमिन लिन सक्दैन ।’

    उहाँले दक्षिण अफ्रिकाको कुख्यात उच्च अपराध दरका अधिकांश पीडितहरू अश्वेत हुन् भनी जोड दिनुभयो र भिडियोमा रहेका राजनीतिज्ञहरू विपक्षी दलका थिए भन्नुभयो ।

    दक्षिण अफ्रिकी नेताको भ्रमणलाई ट्रम्प र दक्षिण अफ्रिकामा जन्मेका उहाँका अर्बपति सहयोगी सहयोगी एलन मस्कले गरेको निराधार नरसंहार दावीपछि सम्बन्ध सुधार गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो ।

    ओभल अफिसमा समेत रहनुभएका मस्क ‘श्वेत नरसंहार’ दाबीहरूका मुख्य चालक हुनुभएको छ ।

    रामाफोसा गल्फप्रिय अमेरिकी राष्ट्रपतिलाई मनाउने प्रयासमा दक्षिण अफ्रिकाका दुई शीर्ष गल्फर अर्नी एल्स र रेटिफ गुसेनसँग ह्वाइट हाउस पुग्नुभएको थियो ।

    ‘हामी मूलतः संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका छौँ’, रामाफोसाले भन्नुभयो ।

    तर रामाफोसाले भिडियो चलिरहँदा बारम्बार बोल्न खोजिरहँदा ट्रम्पले उहाँलाई बोल्न दिनुभएन । ‘यो कहाँ छ ?’, दक्षिण अफ्रिकी राष्ट्रपतिले आफ्नो सिटमा अनौठो ढङ्गले फेरबदल गर्दा भन्नुभयो ।

    भिडियोमा उग्र वामपन्थी विपक्षी सांसद जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ गाएको देखाइएको थियो । यो रङ्गभेदी युगको श्वेत–अल्पसङ्ख्यक शासनविरुद्धको लडाइँको समयको कुख्यात नारा हो ।

    भिडियो दक्षिण अफ्रिकामा भएको एक प्रदर्शनका तस्बिरहरूसँग समाप्त भयो जहाँ मारिएका किसानहरूको प्रतिनिधित्व गर्न ग्रामीण सडकको छेउमा सेता क्रसहरू राखिएका थिए, तर ट्रम्पले गलत रूपमा उनीहरूका चिहानहरू देखाएको भन्नुभयो ।

    – गल्फ कूटनीति –
    एक विन्दुमा रामाफोसाले उहाँहरू ‘यसबारे धेरै शान्तिपूर्वक कुरा गर्न’ आग्रह गर्नुभयो ।

    “हामीलाई नेल्सन मण्डेलाले सिकाउनुभएको थियो कि जहिले पनि समस्याहरू हुन्छन्, मानिसहरूले टेबुलको वरिपरि बसेर तिनीहरूबारे कुरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    दुई च्याम्पियन गल्फरहरूले पनि ट्रम्पले उहाँहरूलाई बोल्न आग्रह गरेपछि स्थितिलाई शान्त पार्न खोज्नुभएको थियो ।

    “हामी हाम्रो देशमा सबै कुरा राम्रो भएको हेर्न चाहन्छौँ । यही मुख्य कुरा हो”, चार पटकको प्रमुख विजेता एल्सले भन्नुभयो ।

    दक्षिण अफ्रिकी नेताले पछि यो ‘ठूलो सफलता’ भएको र नोभेम्बरमा जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा ट्रम्पले भाग लिने अपेक्षा गरेको भन्दै बैठकमा साहसी अनुहार राख्ने प्रयास गर्नुभयो ।

    उहाँले भिडियोका बावजुद श्वेतहरू विरुद्ध नरसंहार भएको छ भन्ने कुरामा ट्रम्प पूर्ण रूपमा विश्वास गर्नुहुन्न पनि भन्नुभयो ।

    ‘अन्त्यमा, मेरो मतलब, म विश्वास गर्दछु कि यी सबै कुरामा उहाँको मनमा यो शङ्का र अविश्वास छ, रामाफोसाले पत्रकारहरूलाई भन्नुभयो ।

    अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्प प्रशासनले दक्षिण अफ्रिकालाई निशाना बनाएको छ ।

    ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय न्यायालयमा गाजामा इजरायलले नरसंहार गरेको आरोप लगाउने दक्षिण अफ्रिकाको मुद्दाको आलोचना गरेको छ, विदेशी सहायता कटौती गरेको छ, ३१ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ र ट्रम्पको मेक अमेरिका ग्रेट अगेन ९एमएजिए० आन्दोलनको आलोचना गरेपछि प्रिटोरियाका राजदूतलाई निष्कासित गरेको छ ।

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.