नेपालगञ्ज । प्रतिगामी खतराका विरुद्ध बाँकेमा सभा सम्पन्न भएको छ ।
Advertisement
२०८२ वैशाख २६ गते शुक्रबार नेपालगञ्ज भेरी अस्पताल चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटाले सम्बोधन गर्दै देशमा उत्पन्न राजावादी तथा प्रतिगामी खतरा विरुद्धको सङ्घर्षमा एकजुट भई लाग्न अनुरोध गर्नुभएको थियो ।
त्यस्तै, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले पनि कार्यक्रममा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कृष्णराज पाण्डे, अप्फा बाँकेका अध्यक्ष तिलकराज पौडेल, राजमो नेता बालाराम न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।