• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

ऐरावती क्याम्पसको सोह्रौँ क्याम्पससभा सम्पन्न


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • महेश रिजाल, दाङ ।

    Advertisement

    ‘गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा’ भन्ने मूला नारासहित ऐरावती आदर्श बहुमुखी क्याम्पसको सोह्रौँ क्याम्पससभा सम्पन्न भएको छ ।
    राप्ती २ लालमटियास्थित सो क्यापसको सभा २०८२ वैशाख २० गते शनिबार सम्पन्न भएको हो ।

    क्याम्पससभा र नवनिर्मित क्याम्पसको १८ कोठे तीनतले भवनको उद्घाटन प्रमुख अतिथि पूर्वमन्त्री एवम प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले गर्नुभएको थियो ।

    उक्त भवन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरको भौतिक निर्माण शीर्षकमा प्राप्त दुई करोड ५० लाखको लागतमा भएको थियो ।

    उद्घाटन मन्तव्यमा उहाँले यस क्याम्पस स्थापनाले स्थानीय विपन्न समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न टेवा पुगेको भन्दै यसको समुच्च विकासका लागि आफूले सक्दो सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सोही समारोहलाई सम्बोधन गर्नुहुँदै विशिष्ट अतिथि राप्ती बबई क्याम्पसका पूर्व क्याम्पसप्रमुख एवम् पब्लिक क्याम्पस प्राध्यापक सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष सहप्राध्यापक युवराज रावतले ऐरावती आदर्श बहुमुखी क्याम्पसले आफ्नो स्थापनाकालको छोटो समयमै त्रिभुवन

    विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी गुणस्तर सुनिश्चितता प्रत्यायनका सुचकाङ्क पूरा गर्ने आधार तयार गर्नु ठुलो उपलब्धि भएको बताउनुभयो ।

    क्याम्पस सभालाई अर्का विशिष्ट अतिथि चैतन्य पाठशाला मौरीघाटका प्रबन्ध निर्देशक डा. जिवराज आचार्य, पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा वर्तमान सल्लाहकार चन्द्रबहादुर जिसी, नेपाली काङ्ग्रेसका प्रतिनिधि दुर्योधन पाण्डे, लेखा समितिका संयोजक कृष्ण गिरी, गढवा बहुमुखी क्याम्पसका प्रमुख विकास रजौरे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति विनोदकुमार सोनीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    क्याम्पस सञ्चालन समितिका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा सम्पन्न क्याम्पससभामा तामपितम स्मृति अक्षयकोष, रविलाल बोधकुमारी न्यौपाने अक्षयकोष, जगतप्रसाद पौडेल अक्षयकोष, धनबहादुर कुमारी देवी भट्टराई अक्षयकोषबाट क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाललाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    त्यसैगरी, क्याम्पसमा उत्कृष्ट हुने र विपन्न, जेहेनदार छात्रछात्रा सन्ध्या अधिकारी, आरजु परियार, सङ्गीता रावत, सागर चौधरी, अस्मिता आचार्य, चन्द्रकला चौधरी, प्रमिला योगी, सुस्मिता नेपालीलाई पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् वर्तमान सल्लाहकार चन्द्रबहादुर जिसीले नगदसहित प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

    क्याम्पससभामा क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले क्याम्पसको शैक्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ताराप्रसाद भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त दुवै प्रतिवेदन माथि व्यापक छलफलपछि करतल ध्वनिका साथ पारित भएको थियो ।

    सहायक क्याम्पस प्रमुख चन्द्रप्रकाश ओलीको सञ्चालन, क्याम्पस सञ्चालक समितिका सदस्य रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको क्याम्पससभामा क्याम्पसका छात्रछात्राले विविध मनोरञ्जनात्मक र सन्देशमूलक नृत्य प्रस्तुत गरेका थिए ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.